समाचारसमाजस्थानीय

१७ औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

गाउँले मिडिया
लेखनाथ, २४ फागुन । १७ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । लेखनाथ उद्योग वाणिज्य संघले बि सं २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सव २०७८ को तयारी अन्तिम चरणमा रहेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन बिकास र समृद्धि“ भन्ने नाराका साथ १७ औं संस्करणको लेखनाथ महोत्सव यहि फागुन २६ गते देखि चैत ७ गते सम्म हुँदै छ । कोरोना महामारीले स्थागित भएको महोत्सव लाई समय अनुकुल भए संगै संचालन गर्न लागिएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ ।
यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले लेखनाथ महोत्सवलाई सफल बनाउन सञ्चार क्षेत्रको ठूलो हात रहेको बताउँदै दर्शकहरुलाई वसेर मनोरञ्जन दिनका लागि व्यवस्थित पालको व्यवस्था समेत गरिने बताए । समय अनुसार मौसमको प्रतिकुलताप्रति पनि आयोजक सजग रहेको उनले बताउँदै सबै पत्रकारहरुलाई महोत्सका वारेमा आफ्नो सञ्चारको माध्यमबाट प्रचार प्रसार गर्न पनि आग्रह गरे ।
यसै गरी पूर्व अध्यक्ष एवम् महोत्वसका निर्देशक लक्ष्मी त्रिपाठीले राज्यले सेवा सुविधा दिएका सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका नागरीकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको बताउँदै लेखनाथलाई पर्यटयिकस्थलाको रुपमा विकास गर्नु नै महोत्वसको उद्धेश्य रहेको बताए ।
यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मुल समारोहका संयोजक छत्रधर आत्रेयले महोत्सवको तयारीका वारेमा जानकारी दिंदे स्टल निर्माण, स्टेज निर्माण लगाएतका कार्यहरु तयारीको पूरा अन्तिम चरणमा रहेको बताए । स्वास्थ्यस्थितिलाई मध्येनजर राख्दै कोभिड १९ विरुद्धको खोपको समेत व्यवस्था गरिनुका साथै मास्क, सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्रीहरुको समेत व्यवस्था गरिने बताए ।
पत्रकार भेटघाट कार्यक्रममा प्रचार प्रसार संयोजक गोपि चन्द्र बास्तोलाले प्रेस वाचन गर्दै कोभिड १९ ले थला पारेको अर्थतन्त्रलाई चलायमान बनाउने र यस क्षेत्रको आन्तरिक तथा वाह्य पर्यटनमा सहयोग पु¥याउने महोत्सवको मूख्य उद्धेश्य रहेको बातोलाले बताए ।
१७ औं सस्करणको महोत्सवमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, सांस्कृतिक कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, हस्तकला प्रदर्शनी, झाँकी¥याली तथा भेषभुषा प्रर्दशनी, ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति, डि.जे. तथा लाइभ म्युजिक कन्सर्ट लगाएतका मूख्य आकर्षकका कार्यक्रमहरु रहेको सो अवसरमा बास्तोलाले जानकारी दिए ।
अध्यक्ष छत्रधर आत्रेयले पत्रकारहरुले राखेका प्रश्नहरुको जवाफ दिएका थिए भने संघका माहासचिव उपेन्द्र (राजु) सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए भने संघका वरिष्ट उपाध्यक्ष विनोद कुमार श्रेष्ठले धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: