
ऋषिराम रानाभाट
फागुन २६, लेखनाथ । संघिय सरकारका अर्थ मन्त्रि जनार्दन शर्माले कृषकलाई अनुदान नभइ प्रोत्साहन दिइने बताए । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनमा १७ औं संस्करणको लेखनाथ महोत्सव विहिवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले उक्त कुरा बताए ।
मन्त्री शर्माले कोरोनाले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले उद्योगीहरुलाई पूनरकर्जा समेत व्यवस्था गरेको जानकारी दिए । उत्पादन मुखी अर्थतन्त्र हुनुपर्नेमा मन्त्री शर्माले जोड दिंदै सरकारले निजी क्षेत्रलाई अंशियार पार्टनरको रुपमा लिएको जानकारी पनि दिएि ।
कृषि, पर्यटन विस्तार र जलविद्युत खपतमा सरकारले ध्यान दिएको बताउँदै विकासका पूर्वाधारमा सरकार प्रतिबद्ध रहेको पनि मन्त्रि शर्माल सो अवसरमा बताए । बैंकमा व्याजदर बढेकोमा दुःख व्यक्त गर्दै विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेर नितिगत निर्णय गर्ने बताउँदै पोखरा र काठमाण्डौलाई छोटोदुरीमा जोड्ने सम्भावना तिर आफू लागि परेको पनि बताए ।

यसै गरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्र राज शर्माले उद्योग वाणिज्य संघले व्यक्ति केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । त्यस्तै नेपाल उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाली कांग्रेस कास्की सभापति किशोर दत्त बराल, नेकपा माओवादी केन्द्र कस्कीका अध्यक्ष बखान सिंह तमु, नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष तेजनारायण अधिकारी, पूर्व मन्त्रि यज्ञ बहादुर थापा, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बासुराज पोख्रेल, महोत्सवका मूख्य प्रायोजक इको प्यानलका तर्फबाट सुवोध त्रिपाठी, पूर्व गृह मन्त्रि खगराज अधिकारी, संघका उप महासचिव जानुका पराजुली लगाएतले लेखनाथ उद्योग वाणिज्य संघमा देखिएका विभिन्न जात जाति, समुदाय , आमा समूहको झाँकी र्यालीको प्रस्तुतिले विकास निर्माणमा समग्र राजिनिति दलहरु एक जुट भएर लाग्नुपर्ने सन्देश दिएको बताए ।
यसै गरी कार्यक्रममा लेखनाथ महोत्सवका मुलसमारोहका अध्यक्ष क्षत्रधर आत्रेयले आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताउदै कोभिड १९ को कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउने आत्रेयले बताए।
महोत्सवको पनि महोत्सका रुपमा परिचित १७ औं लेखनाथ महोत्स उद्घाटनको पूर्व स्थानीय संघ संस्था, टोल विकास संस्था, जात–जाति जनजाति , आमा समुहरुको झाँकी र्याली तथा भेषभुषा प्रदर्शन समेत गरिएको कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्र राज (राजु) सुवेदी गरेका थिए ।

महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवा लक्षित लाइभ म्युजिक कन्सर्ट र डिजेको प्रस्तुती लगायतका कार्यक्रम पनि महोत्सवमा हुने प्रचार प्रसार उपसमितिका संयोजक गोपी बास्तोलाले बताए ।
महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, लेखनाथ उद्योग वाणिज्य संघको रजत वर्षको सन्दर्भमा बेगनासताल परिसरमा एक उत्कृष्ट स्तरको डिस्प्ले बोर्ड निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने बताइएको छ । महोत्सव आगामी चैत्र ७ गते सम्म पोखरा–२७ को तालचोकमा चल्ने छ ।