समाचारस्वास्थ्यसमाजस्थानीय

कालिका सामुदायिक सेवा केन्द्रको लागु औषध एवं आत्महत्या सम्बन्धि कार्यक्रम

ऋषिराम रानाभाट
लेखनाथ, २७ फागुन– कालिका सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले लागु औषध नियन्त्रण एवं आत्महत्या न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्नशोभा माध्यमिक विद्यालयमा कक्षा ९, ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त विषयमा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण दिंदै कास्की जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरिक्षक होत बहादुर रोकाहा

कास्की जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहाले आत्महत्या सम्बन्धि प्रशिक्षण दिंदै पिर चिन्ता, आफन्त परिवार साथी तथा समुदायबाट तिरस्कृत, सहन नसकिने शारीरिक र मानसिक पिडाले आत्महत्या हुने कारणहरु बताए । आत्महत्या पूर्व देखिने संकेत, आत्महत्या रोकथामका उपायहरु लगाएतका विषयहरुमा प्रशिक्षण दिएका थिए ।

सोही प्रशिक्षण कार्यक्रममा प्रहरी नायब निरिक्षक विधाधर त्रिपाठीले लागु औषध नियन्त्रण सम्बन्धि विषयमा प्रशिक्षण दिंदै लागु औषध ऐन २०३३ अनुसार गाँजा, चरेश, अफिम, हेरोइन कोकिन लाई लागुऔषधका रुपमा परिभाषित गरेको बताए । लागुऔषध दुव्र्यसनका चरणहरु, दुव्र्यसनमा फस्ने कारणहरु, दुव्र्यसनमा धकेल्ने तत्वहरु, लागु औषध रोकथामका उपायहरु लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण दिंदै कास्की जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरिक्षक विधाधर त्रिपाठी

प्रशिक्षण कार्यक्रम अघि सामुदायिक सेवा केन्द्र कास्की जिल्ला समन्वयका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाइले कालिका सामुदायिक सेवा केन्द्रले धेरै राम्रा सामाजिक कार्यहरु गरेको प्रशंसा गर्दै विकृति र विसंगति रहित सभ्य समाजको निर्माणमा सबैको सहयोग हुने पर्नेमा जोड दिए । यसै गरी सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारीले आफूले प्रशिक्षणमा सिकेका कुराहरुलाई विद्यार्थीहरुले व्यवहारमा कार्यन्वय गर्न आग्रह गर्दै समाज परिवर्तनमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए । साथै गाउँ , टोलमा नराम्रा घटनाहरु रोक्न विद्यार्थीहरुले भुमिका खेल्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिंदै आगामी दिनमा सामुदायिक सेवा केन्द्रले विद्यालय र टोलमा आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिएका थिए । सेवा केन्द्रका कार्य समितिका सदस्य सागर अधिकारीले स्वागत गरेका थिए भने सेवा केन्द्रका सचिव विकल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: