समाचारअर्थ खबरसमाजस्थानीय

लेखनाथ महोत्सवको दोश्रो दिनसम्म ५० हजार दर्शकहरुद्धारा अवलोकन,

१ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार

गाउँले मिडिया
फागुन २७, लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिनसम्म ५० हजार दर्शकले अवलोकन गरेका छन् ।
पहिलो दिन बिहीबार ४० हजार दर्शकले र दोस्रो दिन शुक्रबार १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको प्रचार–प्रसार संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले जानकारी दिए ।
यस्तै महोत्सवमा दोस्रो दिनसम्म १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । पहिलो दिन एक करोड रुपैयाँको र दोस्रो दिन १० लाख रुपैयाँ बराबरको कारोबार भएको बाँस्तोलाले जानकारी दिए ।
महोत्सवको तेस्रो दिन शनिबार बिदाको दिन परेकाले दर्शकको अत्याधिक भिड लाग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।
महोत्सवमा शनिबारका मुख्य आर्कषणहरुमा लोकदोहोरी तर्फ कलाकारहरु राजु परियार, बाल कलाकार आयुषा गौतम, राजन कार्कि, मञ्जु वि.क, केशव देवकोटा, मधु चापागाई, हाँस्य व्यग्य तर्फ राजा राजेन्द्र र बेलुका लाईभ कन्र्सटमा साहिमा श्रेष्ठ वसन्त सापकोटा र सन्दिप क्षेत्रीको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी पनि आर्कष्णको रुपमा रहेका छन । महोत्सव आगामी चैत्र ७ गते सम्म पोखरा–२७ को तालचोकमा चल्ने छ ।

Related Articles

Back to top button
%d bloggers like this: