समाचारसमाजस्थानीय

लेखनाथ जेसीजको दोश्रो शुक्रवारसरीय प्रबचनमाला सम्पन्न

लेखनाथ जेसीजको दोश्रो शुक्रवारसरीय प्रबचनमाला सम्पन्न
लेखनाथ, २७ फागुन । युवाहरुको ब्याक्तित्व र नेतृत्व क्षमतामा अभिबृद्वि गराउने उदेश्यले लेखनाथ जेसीजद्वारा आफ्ना सदस्यहरुको वाककला परिस्कृत गराउने ध्येय स्वरुप दोस्रो शुक्रबारसरीय प्रवचन माला कार्यक्रम शुक्रवार आफ्नै सचिवालयको सभाहलमा सम्पन्न गरेको छ ।
नेपाल जेसीज बर्ष २०२२ को राष्ट्रिय प्रकरण ब्अत ायच क्ष्mउबअत भन्ने शिर्षकमा आयोजना गरिएको कार्यक्रममा लेखनाथ जेसीजका ४ जना सदस्यहरुले सहभागिता जनाएका थिए । लेखनाथ जेसीज बर्ष २०२२ को अध्यक्ष जेसी सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख निर्णायक लेखनाथ जेसीज बर्ष २००१ का अध्यक्ष सुरेन्द्रराज अधिकारी र निर्णायकमा लेखनाथ जेसीज बर्ष २०१७ का अध्यक्ष जेसी सन्दिप ढुंगाना रहेका थिए भने कार्यक्रम संचालन कार्यक्रम संयोजक जेसी महेश वाग्लेले गरका थिए ।
ब्अत ायच क्ष्mउबअत र समग्र लेखनाथ जेसीजको ईतिहास र भाबी दिनमा गर्नुपर्ने कार्यको बारेमा पुर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी र सन्दिप ढुङ्गानाले व्यक्त गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: