
लेखनाथ, २८ फागुन ।
शिुशुवा नेवाःखलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको हो । रक्तदान जीवन दान, जीवन दान महान दान भन्ने उद्धेश्यलाई आत्म साथ गर्दै उक्त रक्तदान कार्यक्रम शनिवार पोखरा ३० शिशुवामा सम्पन्न भएको हो ।
पोखरा महानगरका प्रमुख मान बहादुर जिसीले पहिलो रक्तदाता कुष्ण प्रसाद लामिछानेलाई व्लड व्याग हस्तान्तरण गर्दै रक्तदान गर्नु भनेको जीवन रक्षा गर्नु पवित्र कार्य हुने बताए । एक फरक प्रसंगमा प्रमुख जिसीले नेवाःखलले निर्माण गर्न लागेको संग्रालयलाई महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी पोखरा ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य लक्ष्मी त्रिपाठी, कास्की जिल्ला नेवाःखलका अध्यक्ष अशोक पालिखे, शिशुवा व्रह्माण समाजका अध्यक्ष भुवानी प्रसाद बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, लालुपाते तमु समाजका अध्यक्ष मोहन सिंह गुरुङ लगाएतले रक्तदानको महत्वका बारेमा बोलेका थिए । शिशुवा नेवा खलका अध्यक्ष भुवन श्रेष्ठले खुल्ला रक्तदान कार्यक्रम वार्षिक कार्यक्रम भएको बताउँदै कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगाएत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । नेवाःखलका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक भैरब लाल श्रेष्ठले स्वागत गरेका थिए भने सचिव अर्जुन ताम्रकारले कार्यक्रम सञ्चालन गरेका थिए ।