समाचारराजनिति

नेपाली कांग्रेस वडा नं.२७ अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न

लेखनाथ, २८ फाल्गुन ।
नेपाली कांग्रेस वडा नं.२७ मा वडा स्तरीय अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम शनिवबार तालचोकमा सम्पन्न भएको छ ।
प्रशिक्षण अघि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले महाधिवेसनमा भएका मतभिन्नताहरुलाई विर्सेर सबै जना एकजुट भएर बैशाख मा हुने स्थानीय तहको चुनावमा लाग्नु पर्ने बताए । प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले उक्त कुरा बताएका हुन् ।

यसै गरी पुर्व मन्त्री यज्ञ बहादुर थापा, पुर्व जिस्ला सभापति कुष्ण केसी, महाधिवेसन प्रतिनिधि देवारज चालिसे, सरस्वती गुरुङ, सुदिप मोहन भट्टराई, बाबुराम आचार्य, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, क्षेत्रिय सभापति राजेन्द्र मणी लामिछाने, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरी, सुरज जंग राणा , गंगा खनाल लगाएतले नेपाली कांग्रेस जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रम गरेर जानु पर्ने सुझाव राख्दै निर्वाचनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

वडा नं.२७ का सभापति नारायणमणी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तनहुँ जिल्ला म्याग्दी गाउँपालिका अध्यक्ष राम भक्त घिमिरे, कास्की जिल्ला क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि डा.कुष्ण प्रसाद पौडेल र रविरमण न्यौपानेले नेपाली कांग्रेसको विगत , वर्तमान अवस्था र चुनावी रणनितीका वारेमा प्रशिक्षण दिएका थिए ।

वडा नं.२७ बाट ४२ टोलका सभापति, उपसभापति र सचिवहरुलाई प्रशिक्षण दिइएको कार्यक्रमको स्वागत वडा नं.२७ का उपसभापति विश्वराज पौडेलले गरेका थिए । सचिव गोपीकुष्ण तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए भने उपसभापति धर्मदत्त बरालले धन्यवाद ज्ञापन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: