समाचारअर्थ खबरसमाजस्थानीय

लेखनाथ महोत्सव जारी, तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुद्धारा अवलोकन

फागुन २८, लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शविार २५ हजार दर्शकले अवलोकन गरेका छन् । हालसम्म ७५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको प्रचार–प्रसार संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले जानकारी दिए ।

यस्तै महोत्सवमा शनिबार मात्रै ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । पहिलो दिन एक करोड दोस्रो दिन १० लाख र शनिबार समेत गरी हालसम्म १ करोड १० लाख बराबरको कारोबार भएको बाँस्तोलाले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन शनिबार बिदाको दिन पनि परेकाले दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा लोकदोहोरी कलाकारहरु राजु परियार, बाल कलाकार आयुषा गौतम, राजन कार्कि, मञ्जु वि.क, केशव देवकोटा, मधु चापागाई लगायतको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने हाँस्य व्यग्य तर्फ राजा राजेन्द्र र लाईभ कन्र्सटमा साहिमा श्रेष्ठ वसन्त सापकोटा र सन्दिप क्षेत्रीको वेजोड प्रस्तुतीले थप रौनकता प्रदान गरेको थियो ।

महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी पनि आर्कषणको रुपमा रहेका छन ।

फागुन २६ गते देखी शुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धी भन्ने नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सव आगामी चैत्र ७ गते सम्म सञ्चालन हुनेछ ।

Related Articles

Back to top button
%d bloggers like this: