समाचारमनोरञ्जनअर्थ खबरसमाज

१७ औं लेखनाथ महोत्सव सोमबार सम्म ८० हजार दर्शकद्धारा अबलोकन,

२ करोड १५ लाख को आर्थिक कारोबार

लेखनाथ/फागुन ३० ।
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म ८० हजार दर्शकले अवलोकन गरेका छन । दुई करोड १५ लाखको आर्थिक कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सवमा अहिलेसम्म एक सय ७० जनाले कोरोना बिरुद्धको खोप समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स समेत उपलब्ध गराएको छ ।

सोमबार विद्यालयस्तरिय कार्यक्रम, रत्यौली गीत, जनजातीको पहिचान सहितको नृत्यहरु राखिएको थियो । गायनतर्फ पूर्णकला वि.सी र चन्द्र शर्मा लगायतका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

यस गरी मंगलबार चर्चित गायक पशुपति शर्मा, सन्दिप सिंह राना, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

यही फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: