समाचारसमाजस्थानीय

पोखरा ३१ वडा कार्यलय भवन निर्माण हुने

बिकास निर्माण कार्यमा साझा अवधारणा हुनुपर्ने ःपूर्वमन्त्री अधिकारी

लेखनाथ,४ चैत । पोखरा महानगरपालिका वडा नं.३१ को वडा कार्यलयको नयाँ भवन निर्माण हुने भएको छ ।
आफनै प्रशासनिक भवन नहुँदा भाडामा प्रशासनिक कार्य गर्दै आएको वडा कार्यलयले आगामी १५ महिना भित्र आफनै प्रशासनिक भवन पाउने भएको छ ।
साविक लेखनाथको बेगनासताल नजिक मत्स्य अनुसन्धान केन्द्रको मातहतमा रहेको करिव आठ रोपनी मध्य बन विभाग र सिंचाईको सिफारीसमा मन्त्रीपषिदको निर्णयवाट तीन रोपनी क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।
भवनको शुक्रवार पुर्व गृहमन्त्री तथा संघिय सासंद खगराज अधिकारीले शिलान्यास गर्दै विकास निर्माणका काम भने जस्तो सहज नहुने र प्रक्रिया मिलाएर गर्दा ढिला भएपनि राम्रो काम भएको बताएका थिए ।


राजनितीमा प्रतिस्पर्धा गरेपनि विकास निर्माण कार्यमा साझा अवधारणाले अगाडी वढ्ने बताउँदै असम्भव काम पनि सम्भव हुने बताए । पूर्व मन्त्री अधिकारीले यो क्षेत्रको विकासमा आफनो तर्फबाट सक्दो सहयोग भईरहको र आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले प्रशासनिक भवनको समयमा नै सम्पन्न हुनेमा विश्वास ब्यक्त गरे । बेगनास क्षेत्रलाई धार्मीक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै पोखरा आएका पर्यटकलाई यस क्षेत्रमा भित्राउन सवैको साथ र सहयोग आवस्यक हुने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेबि गुरुङले जनसरोकारका काम हुने प्रशासनिक भवन समय सापेक्ष अनुसार सुविधायुक्त हुनु पर्नेमा जोड दिदै महानगरपालिका भित्र अहिलेसम्म आठवटा वडामा नयाँ प्रशासनिक भवन सम्पन्न भएको र ११ वटा वडाको भबन स्तरोन्नती गरि प्रशासनिक काम सम्पादन हुदै आएको जानकारी दिएकी थिईन ।

पोखरा ३१ वडा कार्यलयको भवन शिलान्यास गर्दै पूर्व गृहमन्त्री खगराज अधिकारी

यसै गरी बडा अध्यक्ष कमल बहादुर थापाले सवैको साथ र सहयोग वडाको नाममा जग्गा प्राप्ती गर्न सकिएको र अव छिटै निर्माण कार्य सम्पन्न गरि सोही ठाँउबाट जनताका कामलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न सकिने विचार राख्दै यस पुण्य काममा सवै राजनितीक दल,नागरिक समाज, बुद्धिजिबी लगाएत सबै सरकोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरे ।


कार्यक्रममा पोखरा महानगरपालिकाका ईन्जिनियर पुर्ण बहादुर गुरुङले करिव चार करोड ८३ लाखको लागत इस्टमेट भएपनि बोल कवोलबाट तीन करोड छ लाखको लागतमा तीन तले भवन निर्माण हुने सम्झौता भएको र उक्त भवन २०८० को जेठ महिना भित्र सम्पन गरिसक्ने जानकारी गराएका थिए ।


कार्यक्रममा नेकपा एमाले वडा कमिटी अध्यक्ष चिरञ्जीवि बञ्जरा, नेपाली काग्रेसका वडा सभापति महेश पौडेल, माओवादी केन्द्रका अध्यक्ष भरत ढकाल, जनता समाजवादी पार्टीका गण्डकी प्देश सदस्य मधुकर न्यौपाने र सम्पुर्ण महिलाहरुको तर्फबाट बेगनासताल महिला समुहका अध्यक्ष दुर्गा अधिकारी, स्थानियहरुको तर्फबाट दिननाथ ढकाल लगायतले राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणका काम गर्नु पर्ने सुझाव राखेका थिए ।
वडा अध्यक्ष कमल बादुर थापाको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा वडा सचिव दुर्गा न्यौपानेले संचालन गरेकी थिईन भने वडा सदस्य पुर्णखर पाण्डेले स्वागत गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: