समाचारमनोरञ्जनअर्थ खबरसमाजस्थानीय

१७ औं लेखनाथ महोत्समा ३ कारोड ९० लाख बारबरको आर्थिक कारोबार,

एक लाख ४० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ, ४ चैत्र । जारी १७ औं लेखनाथ महोत्सबमा शुक्रबार सम्म ३ करोड ९० लाख बराबरको आर्थिक कारोबार भएको छ भने भने एक लाख ४० हजार दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।

विहिबार मात्रै १३ हजार भन्दा वढि दर्शकहरुले महोत्सवको अवलोकन गरेको र ३५ लाख बराबरको कारोबार भएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवको नवौं दिन शुक्रबार लोक दोहोरी गायकहरु अर्जुन सापकोटा, सम्झना लामिछाने मगर, घनश्याम रिजाल, पार्वती जिसी, वसन्त वि.क., पारु गुरुङ्ग, माया केसी, सुमन खड्का लगायतले प्रस्तुती राखेका थिए भने वेलुका लाईभ कन्र्सटमा श्रृजना खत्री, हाउडेमाया, र्यापर एनटिएफ माईला र निरज मल्लको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

यसै बिच महोत्सबमा राखिएको विद्यालय स्तरीय नृत्य कार्यक्रममा पोखरा ३१ को रेड गोल्ड मन्टेश्वरी र पोखरा २६ को गाउँफर्क मा.वि.ले लोक नृत्य प्रस्तुत गरेको संयोजक सन्तोष बरालले जानकारी दिए । यसै गरी पोखरा ३० को लालुपाते तमु समाजको जातिय भेषभुषा प्रस्तुती रहेको थियो भने महोत्सब स्थलमा राखिएको कोभिड–१९ विरुद्धको खोपमा शुक्रबार मात्र एक सय ११ जानाले खोपको सुविधा लिएको र हालसम्म चार सय १६ जनाले खोप लगाएको महोत्सब स्वास्थ्य संयोजक डा.विकास गौचनले जानकारी दिए ।

महोत्सवको दशौं दिन शनिबार लोकदोहीरतर्फ बद्रि पँगेनी, भुमिका गिरी, रेशम निर्दोष, तुलसा जिसी, नवराज अधिकारी, निशा पोखरेल, नारायण सुनार र अमृता नेपाली बाल बलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा शिव परियार, साहिमा श्रेष्ठ र एलविन थापा लगायतको प्रस्तुती रहेको आयोजकले जानकारी दिएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका तीन सय स्टल रहेका छन् ।

चैत्र ७ गतेसम्म संचालन हुने महोत्सवको करिब दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने र करिब १० करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब एक करोड पाँच लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९० लाख खर्च भई रु १५ लाख बचत हुने अनुमान गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मुल समारोह समितिका संयोज छत्रधर आत्रेयले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: