समाचारमनोरञ्जनसमाज

१७ औं संस्करणको लेखनाथ महोत्सब सफलता तर्फ उन्मुख

लेखनाथ/चैत ५ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सव सफलता तर्फ उन्मुख हुँदै गएको आयोजकको दाबी रहेको छ ।

महोत्सवको १० औ दिन शनिवार परेकाले दर्शकहरुको व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवस्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुफत मुल्यमा किन्न पनि पाईने भएपछि भिडभाडको साथमा महोत्सव स्थल ब्यापारीक केन्द बिन्दु बनेको थियो ।

महोत्सव समापन हुन दुई दिन मात्र बाकी रहेकाले यो पटक सवै भन्दा धेरै दर्शकले मेलाको अवलोकन गरेको आयोजकहरुले अनुमान गरेका छन् । महोत्सवको १० औ दिन शनिवार मात्र करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म एक लाख ८० हजार दर्शक मेलामा प्रबेश गरेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझाको दावी रहेको छ । उनका अनुसार शनिवार मात्र करिव एक करोड बरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म चार करोड ९० लाख बरावरको कारोवार भएको छ ।
मौसमले पनि साथ दिएकाले दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि राखिएको दोहोरी, युवा केन्द्रित डिजे र पप कन्र्सटले सवै प्रकृतीका दर्शकलाई आकर्षण गरेको महोत्सवका सह संयोजक राजेन्द्र ओझाको भनाई रहेको छ ।

यसै बिच महोत्सबमा राखिएको विद्यालय स्तरीय नृत्य कार्यक्रम तर्फ पोखरा २६ को लक्ष्मी मावि अर्घौ र पोखरा ३० शिशुवाको न्यू लाईट ईङलिस बोडिङ स्कुलको लोक नृत्य प्रस्तुती र पोखरा २७ को बडहरे गन्र्धभ समाजको जातिय भेषभुषा प्रस्तुती रहेको संयोजक सन्तोष बरालले जानकारी दिए ।

महोत्सवमा शनिबार लोकदोहीर तर्फ बद्रि पँगेनी, भुमिका गिरी, रेशम निर्दोष, तुलसा जिसी, नवराज अधिकारी, निशा पोखरेल, नारायण सुनार र अमृता नेपाली बाल बलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा शिव परियार, साहिमा श्रेष्ठ र एलविन थापा लगायतको प्रस्तुतीले महोत्सव स्थल गुन्जयमान भएको थियो ।

यसैविच महोत्सवको ११ औ दिन आईतवार पप तर्फ सविन राई,धर्बेन्द्र सेवान र लोकदोहोरी तर्फ खुमन अधिकारी,चोलेन्द्र पौडेल,शिवहरि ढुगाना,राजेन्द्र सापकोटा,सुदिप तामाङ, मिना बुढाथोकी, ज्योती लोहोनी, मिरा पोख्रेल, सरिता सारु मगर र सरला अधिकारीको प्रस्तुती रहने स्टेज संयोजक नेत्रपाणी वास्तोलाले जानकारी दिएका छन् ।

गत फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुने छ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: