
काठमाण्डौ/१२ चैत मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान अन्तर्गत २०७८ चैत १७ गतेदेखि २१ जिल्लामा विशेष अभियान गर्ने भएको छ ।
हिमालय बचाउँ ः नदी जोगाउँ भन्ने आह्वान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान र युद्ध निषेध ः लगाएतका विषयहरुमा केन्द्रित रही शान्ति समाजले विशेष अभियान गर्ने भएको हो । शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा गण्डकी, लुम्बिनी, कर्णाली र वाग्मती प्रदेशमा गरि दर्जनौ प्रदर्शन र कोण सभा हुने शान्ति समाज केन्द्रिय कार्य समितिका महासचिव रामकृष्ण बरालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी विश्व शान्तिको आह्वानसहित लुम्बिनी र मुक्तिनाथमा दिप प्रज्वलनको कार्यक्रम गरिने भएको छ । उक्त अभियान अन्तर्गत तीन वटा अवधारणापत्रहरु वितरण गरिनुका साथै कोण सभाहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापति कृष्णबहादुर रावल लगायत शान्तिवादीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव बरालले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।