समाचारसमाज

समाजको विकासमा सबैको योगदान हुनुपर्ने ः पहाडी

पोखरामा मानव अधिकार तथा शान्ति समाजको विशेष अभियान सम्पन्न

पोखरा । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले समाजको विकासमा सबैको योगदान हुनपर्ने बताए । पोखरामा बिहिबार मानव अधिकार तथा शान्ति समाज कास्की शाखाले आयोजना गरेको विशेष अभियानलाई सम्बोधन गर्दै पहाडीले उक्त कुरा बताएका हुन् ।
हिमालय बचाउँ ः नदी जोगाउँ भन्ने आह्वान, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान र युद्ध निषेध ः लगाएतका विषयहरुमा केन्द्रित रही शान्ति समाजको विशेष अभियानमा पहाडीले निर्वाचनलाई अवसरको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिंदै कास्कीका जनताले जागरणका रुपमा अभियानलाई फैलाउनुपर्ने बताए । जगत बचाउनको लागि हिमाल बचानुपर्ने र जीवन बचाउनका लागि गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा हुनुपनेै बताए ।
बैज्ञानिक शिक्षालाई जीवनमुखी बनाउन प्राथमिकतामा राख्नुपर्नेमा पहाडीले जोड दिंदै राजनिति क्षेत्र विकास मुखी हुनुपर्ने बताए । निर्वाचनको वेलामा हिमाल बचाउने अभियानलाई बहसका रुपमा तिब्रता दिन पनि कास्की जनतालाई आग्रह गरे ।
यसै गरी सोही कार्यक्रममा केन्द्रिय सल्लाहकार होमकान्त चौरासिया , पूवै केन्द्रिय सभापति एवम् सल्लाहकार उत्तम पुडासैनी, केन्द्रिय महासचिव रामकुष्ण बरालले हिमालय बचाऔं, नदी जोगाऔं, गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा, लागु औषध र युद्ध निषेत्र लगाएतका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।
यसै गरी कास्की पत्रकार महासंघका अध्यक्ष विमला भण्ढारीले प्रत्येक क्षेणमा धर्तिको दोहन भएको बताउँदै धर्तीमा हामीले अन्याय त गरेका छैनौं भन्ने प्रश्न गर्ने वेला आएको बताउँदै शान्ति समाजले आयोजना गर्ने विभिन्न अभियानमा पत्रकार महासंघ कास्की साथमा रहेको बताइन् ।
मानव अधिकार तथा शान्ति समाज कास्की शाखाका निवर्तमान सभापति अमृत सुर्वणकार, कोषाध्यक्ष पार्वती बराल लगाएत शान्तिवादीहरुले बोलेका थिए । कास्की शाखाका सभापति तिर्थ राज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपसभापति रामकृष्ण ढुंगानाले स्वागत गरेका थिए भने विश्व शान्तिको आह्वानसहित दिप प्रज्वलन समेत गरिउको उक्त कार्यक्रमको सञ्चालन कास्कीका सह सचिव रमा शर्मा ढकालले गरेकी थिइन् । समाजले चैत १७ गते देखि २१ जिल्लामा विशेष अभियान सञ्चालन गरिरहेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: