
लेखनाथ/१८ चैत । पोखरा महानगरपालिका वडा नं.२७ स्थित लक्ष्मी आदर्श मा.वि.मा निशुल्क स्वास्थ्य सिविर हुने भएको छ ।
लक्ष्मी आदर्श युव क्लबको आयोजनामा चैत १९ गते शनिबार निशुल्क स्वास्थ्य परिक्षण एवम् सचेतनामुलक कार्यक्रम हुने भएको हो ।
नेश्नल बाथ रोग सेन्टरको प्राविधिक सहयोगमा हुने निःशुल्क स्वास्थ्य सिविरमा बाथ रोग परिक्षण, यूरिक एसिड परिक्षण, प्रेस परिक्षण, सुगर परिक्षणमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन सम्पूर्ण टोलवासीहरुलाई क्लबका अध्यक्ष निर्भान देवानले आग्रह गरेका छन् ।