
गाउँले मिडिया
लेखनाथ/ १९ चैत । पोखरा महानगरपालिका वडा नं.२७ स्थित लक्ष्मी आदर्श माविमा शनिबार निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
लक्ष्मी आदर्श युवा क्लब र लियो क्लब अफ लेखनाथ सेभन लेक सिटीको संयुक्त आयोजनामा सम्पन्न भएको निशुल्क स्वास्थ्य सिविर कार्यक्रममा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक रबिन्द्रनाथ भट्टराईले स्थानिय टोलवासिको भलाईको निम्ति स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा सिविर राखेकोमा क्लबलाई धन्यवाद दिंदै क्लबले आयोजना गर्ने विभिन्न सामाजिक कार्यमा विद्यालयले सक्दो सहयोग गर्ने बताए ।
यसै गरी सोही कार्यक्रममा वरिष्ट बाथ रोग विशेषज्ञ डाक्टर सुधिर कर्मचार्यले १६ वर्ष भन्दा माथिका व्यक्तिलाई बाथ रोग लाग्ने र विशेष गरी महिलाहरुमा बाथ रोग देखिने गरेको बताउँदै हामीले उपभोग गर्ने दैनिक आहार विहारमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
क्लबका अध्यक्ष निर्भान देवान र लियो क्लबका अध्यक्ष अमृत पौडेलको संयुक्त अध्यक्षतामा सम्पन्न भएको उक्त स्वास्थ्य सिविरमा नेशल बाथरोग पोखरा मुस्ताङ चोकमा सन्चालक कृष्ण ढकालले मानिसले आफ्नो लापारबाहीका कारणले नै रोग लाग्ने गरेको बताउँदै आयोजक संस्थाहरुलाई धन्यवाद दिए।
क्लबका सह सचिव सुरज सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रमको स्वागत सोही क्लबका उपाध्यक्ष शर्मिला कार्कीले गरेकी थिइन् भने लियो क्लब अफ लेखनाथ सेभन लेक सिटीका अध्यक्ष अमुत पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
नेश्नल बाथ रोग सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त निःशुल्क स्वास्थ्य सिविरमा बाथ रोग परिक्षण, यूरिक एसिड परिक्षण, प्रेस परिक्षण, सुगर परिक्षणमा ९० जना भन्दा बढीले स्वास्थ्य लाभ लिएका थिए भने क्लबका सचिव सिर्जना रेग्मीले स्वयम सेवकको रुपमा निशुल्क सुगर र प्रेसरको परिक्षण गरेकी थिइन भने सिविरको संयोजन क्लबका सदस्यहरु रचित पौडेल र सरोज भट्टराइले गरेको कुरा क्लबका अध्यक्ष देवानले जानकारी दिए ।