समाचारसमाजस्थानीय

वेगनासतालमा रानाभाट/भाट समाज इकाई समिती गठन

लेखनाथ/१९ चैत । पोखरा महानगरपालिका वडा नं.३१ मा रानाभाट/भाट बन्धुहरुको भेलाले सम्मर बहादुर रानाभाटको अध्यक्षतामा रानाभाट÷भाट समाज इकाई समिति शनिबार गठन गरेको छ ।
यसै गरी समितिको उपाध्यक्षमा सरास्वती रानाभाट, सचिवमा सरोज रानाभाट, कोषाध्यक्षमा राजन रानाभाट, सह सचिवमा शारदा रानाभाट रहेका छन् । त्यस्तै सदस्यहरुमा महेश रानाभाट, घनश्याम रानाभाट, शिव सापकोटा, भक्त बहादुर रानाभाट, रेजिना रानाभाट, खिम बहादुर रानाभाट रहेका छन् ।
जिल्ल कार्यसमितिका सदस्य भुपेन्द्र बहादुर रानाभाटको विशेष उपस्थितमा सम्पन्न उक्त भेलाले एक सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा किमलाल रानाभाट, छविलाल रानाभाट, ऋषिराम रानाभाट, प्रेम बहादुर रानाभाट र राम बहादुर रानाभाट रहेको अध्यक्ष सम्मर बहादुर रानाभाटले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: