समाचारसमाज

निर्वाचन आयोगद्धारा दलहरुलाई आचार संहिता पालना गर्न निर्देशन

काठमाण्डौ/२२ चैत । निर्वाचन आयोगले दलहरुलाइै निर्वाचन सम्बन्धि आचार संहिता पालना गर्न दिर्नेशन दिएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा भाग लिने राजिनितिक दलहरुलाई ६० बुँदे निर्वााचन आचार संहिता पालना गर्न निर्देशन दिएको हो । स्थायिन तहको निर्वाचनमा भाग लिने सबै राजिनितिक दलका प्रतिनिधिहरुलाई मंगलबार आयोगको केन्द्रिय कार्यलयमा बोलाई आयोगले जारी गरेको निर्वाचन आचार संहिता २०७८ को प्रभावकारी कार्यन्वयनका लागि राजनितिक दलहरुबाट प्रतिबद्धता लिएको हो ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसाल, नेकपा (एमाले)का निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका नेताहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

निर्वाचन आयोगले राजनैतिक दलहरूलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएपछि आज नै ६० बुँदे निर्देशन समेत दिएको छ । आयोगले जरी गरेको ६० बुँदे निर्देशनमा निर्वाचनमा उम्मेदवारी दिन, प्रचार प्रसार गर्न वा मतदानको अधिकारबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा थुनछेक गर्न नहुने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन तथा प्रयोग नगर्ने, सार्वजनिक भोज भतेरको आयोजना गर्न नहुने, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच पुग्ने गरी प्रचार– प्रसार वा कुनै गतिविधि गर्न नहुने लगायतका विषयहरू समेटिएका छन् ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: