समाचारसमाज

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम संचालक समितिको बैठकले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाउने निर्णय गरेकाे हाे । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने एलपी ग्याँसको अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

 

Related Articles

Back to top button
%d bloggers like this: