समाचारसमाज

सुजुकी मोटरसाईकलको नयाँ वर्ष योजना

पोखरा २२ चैत्र । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले बाइक तथा स्कुटरको खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो । चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योर सट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ । जसबाट रु १ लाखसम्म क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ । उच्चतम माइलेज रहेको सुजुकी स्कूटरमा अत्यधिक फिचर र उत्कृष्ठ माइलेज रहेको कम्पनीको भनाइ रहेको छ । खरा र यस क्षेत्रमा वढ्दो इन्धनको मुल्यलाई उत्कृष्ठ माइलेजले केहि सहज दिने पोखरा नयाँवजार स्थित सुजकी डिलर चालिसे मोटर्स प्रालीका सञ्चालक दिपेन्द्र चालिसे वताउँछन् ।

Related Articles

Back to top button
%d bloggers like this: