
ऋषिराम रानाभाट
लेखनाथ/२४ चैत । संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन एवम् सञ्चालक समितिका अध्यक्ष पां.डा.कुष्ण प्रसाद पौडेलले समाजलाई विकृति बनाउने अधिकार कसैलाई नभएको बताए ।
गण्डकी प्रदेश सरकारले पौडेल सहित ४ जना पदाधिकारीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधे पछि बिहिबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले उक्त कुरा बताएका हुन् । पौडेलले समाजमा नराम्रो विकृति हुन नहुने बताउँदै यदी भएमा सचेत नागरीकले त्यस्ता विकृति विरुद्ध आवाज उठाउनुपर्ने बताए ।
स्वास्थ्य जस्तो सम्वेदनसिल क्षेत्रमा नराम्रो प्रवृत्ति हाबी भएमा समाज कता जान्छ भन्ने प्रश्न गर्दै आफूहरु कुनै पनि राजनिति दलको सदस्यता नभएको जानकारी गराउँदै व्यवस्थापन तथा सञ्चालक समितिले गरेका कामको वरोमा जानकारी दिएका थिए ।
पत्रकार सम्मेलनमा पौडेलले संक्रामक तथा सरुवा रोग अस्पतालन व्यवस्थापन तथा सञ्चालक समिति गठन आदेश २०७७ को दफा ४ मा उल्लेख भए बमोजिम समितिले कार्य गरेको बताए । व्यवस्थापन तथा सञ्चालक समितिले गरेका कार्यहरुको बारेमा जानकारी दिंदै पौडेलले भने , “तत्कालिन लेखनाथ सामुदायिक लायन्स अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिंदै ६ शैयाको उपचार कक्ष , १५शैयाको एच.डि.यु., ६ शैया इमरजेन्सिी, २८ शैया आइसोलेसन गरी जम्मा ५५ शैया रहेको बताए । ” अस्पतालमा ल्याब, फार्मेसी, डि.आर.एक्सरे सुविधा समेत रहेको उनले बताए ।
कोभिड–१९ को दोस्रो लहरले देशलाई नै आक्रान्त बनाएको अवस्थामा विभिन्न निकायको सहयोग र सद्भावका कारण गण्डकी प्रदेश सरकार अन्तर्गतका १२ वटा अस्पताहरुमध्ये सबैभन्दा धेरै १ हजार ३ सय ४२ कोभिड–१९ का बिरामीहरुलाई निशुल्क उपचार सेवा प्रदान गरिएको , १५ हजार भन्दा बढी कोभिडको खोप लगाइएको र हालसम्म पनि कोभिड खोप नियमित रुपमा लगाउँदै आइरहेको पौडेलले बताए ।
अस्पताल व्यवस्थापन तथा सञ्चालक समिति गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव चिन्तित रहेको बताउँदै आफूहरुलाई कुनै जानकारी नदिइकन एकासि प्रदेश सरकारबाट स्पष्टीकरण मागिनु राजनिति पूर्वाग्रह भएको पौडेलले बताए। समितिले गरेका कामको वारेमा जनस्तरबाट सही मूल्यांकन हुने पनि उनले बताए ।
यसै गरी प्रा.डा.धु्रव अधिकारीले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा आफूहरुलाई समितिमा बसेर काम गरिदिन आग्रह गरेका कारण आफूहरु ३ वर्षे कार्यकालको लागि नियुक्ति भएको बताउँदै राजिनिति र सरकार परिवर्तन हुन सामान्य कुरा भएको बताउँदै का मगर्ने व्यक्तिहरुको कामको मूल्यांकन नगरी स्पष्टीकरण सोधिनु का मगर्ने व्यक्तिहरुको अपमान भएको बताए । यदी तपाइहरुलाई समितिबाट हटाएमा के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, आफूहरु कुनै पनि राजनिति पार्टीको सदस्य नभइ निष्ठापुर्वक अस्पतालमा सेवा प्रदान गरेकाले आफूहरु न्यायको लागि अदाल जाने पनि बताए ।
यसै गरी मेजर राम प्रसाद गुरुङले आफूले तत्कालिन लेखनाथ सामुदायिक अस्पताल देखि हाल सम्म अस्पताको समितिमा रहेर सेवा गरेको बताउँदै गण्डकी प्रदेश सरकारले कुनै मूल्यांकन नगरी स्पष्टीकरण मागिनु राजनिति पूर्वाग्रह भएको गुनासो गरे। आफूले सरकारले सोधे बमोजिमको स्पटीकरण पेश गरेको बताउँदै आफूले गरेको योगदानको मूल्यांकन हुने पनि विश्वास व्यक्त गरे ।
त्यस्तै पदेन सदस्य एवम् वडा नं.३० वडा अध्यक्ष श्रीराम पोख्रेलले सुरु देखि नै समितिले उत्कृष्ट कार्य गर्दै जनतालाई सेवा प्रदान गरिरहेको बताउँदै समिति गठन भएको १ वर्ष नपुग्दे स्पष्टीकरण सोध्नु विडम्बना भएको बताए। स्वास्थ्य क्षेत्रमा सेव ागर्ने व्यक्तिहरुको मनोबार गिराउने काम अहिले प्रदेश सरकारले गरेका बताए । यस्तो स्वास्थ्य जस्तो सम्वेदनसिल क्षेत्रमा राजिनिति पूर्वाग्रह हुन नहुने बताउँदै सम्बन्धित निकायमा आफुले कुरा गर्ने पनि बताए ।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा नियुक्त अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलसहित पदाधिकारीलाई नयाँ सरकारले २४ घन्टे अल्टिमेटम सहित स्पष्टीकरण सोधेको थियो । यो त्यही अस्पताल हो, जसलाई प्रदेश सरकारले स्थापना दिवसको बेला उत्कृष्ट कार्यालयको रुपमा सम्मानित गरेको थियो ।
पौडेललाई क्याबिनेटले स्पष्टीकरण सोधेपनि बाँकी ३ जनालाई स्वास्थ्य मन्त्रालयले पत्र पठाएर स्पष्टीकरण मागेको हो । डा. धुव्र अधिकारी, मे. रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरालाई कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको थियो ।