समाचारसमाज

कास्की नेत्रहिन संघको साताव्यापी स्थापना दिवस सुरु

लेखनाथ, चैत २४ । कास्की नेत्रहिन संघले विहिवार देखि साताब्यापी रुपमा स्थापना दिवस मनाउन थालेको छ । आखाँको ज्योती गुमेका तथा न्यून दृष्टी भएका समुदायहरुको हक हितका लागि काम गर्दै आएको संघको साता ब्यापी कार्यक्रमको सुभारम्भ गर्दै पुर्व गृहमन्त्री खगराज अधिकारीले मानिस ज्ञान, क्षमता र सिपले मात्र अगाडी वढन सक्ने बताउँदै आफुलाई कमजोर नसम्झी उच्च आत्मवलका साथ अगाडी वढ्न नेत्रहिन संघलाई आग्रह गरेका थिए ।
विचारले अपाङ्ग भएकालाई कहिल्यै पनि सुधार्न नसकिने तर्क गर्दै नेता अधीकारीले आफुुलाई कमजोर नसोची आफनो जिबिकोपार्जनका लागि सामुहिक रुपमा अगाडी वढ्नुपर्ने र राज्यले यसतर्फ नितीगत रुपमा नै कार्ययोजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा दृष्टिविहिन अपाङ्गता भएका ब्यक्तिको आय आर्जनमा सहयोग पुग्ने गरि सि वि आरको आर्थिक सहयोगमा २५ जनालाई कुखुराका चल्ला, दाना र औषधी वितरण गरिएको थियो भने ६० जनालाई सेतो छडि समेत वितरण गरिएको थियो ।
त्यसैगरि द्धष्टि विहिनलाई सेतो छडिबाट सहज रुपमा हिडडुल गर्न सजिलो होस भन्ने उद्धेश्यले नेपालमा नै पहिलो पटक दुई सय मिटरको सेतो छडि दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा पस बहादुर गुरुरु प्रथम, अपेक्षा पोखरेल द्धित्तिय, बिसु तामाङ तृतिय र उमनाथ अधिकारी र प्रमोद दाहालले सान्त्वना स्थान हासिल गरेका थिए ।
कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय महासचिव शिसिर खनाल, सचिव कुशलराज पौडेल र सह सचिव सुनिल ज्ञवाली लगायतले आ–आफनो धारणा राखेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: