
ऋषिराम रानाभाट
लेखाथ/२५ चैत । पोखरा महानगरपालिका वडा नं.२८ को माझठानामा टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ ।
टाइफाइड विरुदको राष्ट्रिय खोप अभियान अन्तर्गत चैत २८ गते रत्नशोभा मा.वि. र डाँडा गाउँ खोप केन्द्र, चैत २९ गते भुर्तेल आधारभुत विद्यालय र सरस्वती कुञ्ज आधारभुत विद्यालय र चैत ३० गते माझठाना स्वास्थ्य चौकीमा खोप लगाइने माझठाना स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा चैत्र २५, २०७८ देखि वैशाख १८, २०७९ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियानमा १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्यका साथ खोप लगाइने भएको हो ।
बिहान ११ बजेदेखि लगाइने खोप कार्यक्रममा पायक पर्ने खोप केन्द्रमा गइ खोप लगाउन माझठाना स्वास्थ्य चौकीका अहेब विलास पौडेल आग्रह गरेका छन् । नियमिति रुपमा खोप लगाइरहेका बालवालिकालाई १५ महिना पछि नियमिति खोप सँगै टाइफाइड विरुद्धको खोप लगाइने पौडेलले बताए।