समाचारस्वास्थ्यसमाजस्थानीय

महालक्ष्मी विकास बैंक शिशुवा शाखा द्धारा डस्बिन हस्तान्तरण

लेखनाथ/२६ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवा लाई फोहोर व्यावस्थापनका लागि डस्बिन हस्तान्तरण गरेको छ ।

शिशुवा शाखा अन्तर्गत बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फोहोर व्यावस्थापनका लागि डस्बिन हस्तान्तरण गरेको हो ।
युवा क्लव का अध्यक्ष निर्भान देवानको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी विकास बैंक शिशुवा शाखाका प्रबन्धक विमल बास्तोला ले १० थान पलाष्टिक डस्बिन हस्तान्तरण गरेका हुन् ।

प्रवन्धक बास्तोलाले बैंक नाफा मात्र आर्जन गर्न नभई सामाजिक अभियानमा समेत हरेक क्षेत्रमा बैंकले सहयोग गर्दै आएको बताउँदै बैंक सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक क्षेत्रमा अघि बढिरहेको बताए ।

युवा क्लवका अध्यक्षय निर्भान देवानले बैंकले बातावरण प्रदुषण रोक्नका लागि डस्टविन विरण गरेकोमा धन्यवादन दिंदै क्लबले आगामी दिनमा आफ्नो क्षेत्रका टाृदबासिलाई बाताबरण सफा राख्न सचेत गर्ने बताए ।
महालक्ष्मी विकास बैंक राष्ट्र स्तरको विकास बैंक हो । साथै यस बैंकको नेपाल अधिराज्य भरीमा १०३ वटा शाखा र ३५ वटा ब्त्ः सञ्चालनमा आइ २६ औं वसन्त पार गरि २७ औं वसन्तमा लागेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: