समाचारसमाजस्थानीय

लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा त्रिपाठी

लेखनाथ/२६ चैत । लायन्स क्लब अफ वेगनास तालनगरीको अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष विदुर त्रिपाठी चयन भएका छन् ।
क्लबको ८ औं अधिवेसनले आगामी वर्ष २०२२/२३ का लागि त्रिपाठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी प्रथम उपाध्यक्षमा त्रिलोचन लामिछाने, द्धितिय उपाध्यक्षमा अरुणचन्द्र सुवेदी, तुतिय उपाध्यक्षमा विनोद त्रिपाठी चयन भएका छन् ।

यसै गरी सचिबमा सपना सुवेदी, कोषाध्यक्षमा वर्षा मगर, सह सचिवमा धु्रव राज त्रिपाठी, सह कोषाध्यक्षमा तारा सुवेदी, मेम्बर सिप चियर पर्सनमा विजयराज कंडेल, मार्केटिङ कम्युनिकेसन अफिसरमा प्रतिमा पुनलाई चयन गरिएको निर्वाचन अधिकृत एवम् डिष्ट्रिक एडभाइजर ऋषिराम रानाभाटले जानकारी दिए ।

क्लबका अध्यक्ष प्रभा भुजेलको अध्यक्षतामा सम्पन्न भएको सो निर्वाचन कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका डिपुटी चिफ एडभाइजर एवम् डिष्ट्रि ३२५ एल का मनोनित चिफ एडभाइजर गोकर्ण कार्कीले निर्वाचि पदाधिकारहरुलाई बधाई दिंदै क्लबले यो वर्षमा सामाजिक तथा मानविय सेवामा उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिंदै लयान्स क्लबहरु सामाजिक कार्यहरुमा लागि परिरहँदा क्लबहरु दिगो रुपमा टिक्न उत्तिकै चुनौति रहेको बताए । अगामी दिनमा थोरे आर्थिक लागतमा गुणस्तरीय कार्य गर्न सुझाव दिंदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सोही कार्यक्रममा डिष्ट्रिक एडभाइजर एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले क्लबले स्थापना काल देखि नै वातावरण, सामाजिक, शैक्षिक, कुषि, मानविय सेवाका कार्यहरु गर्दै आएको र क्लब ८ औं वर्षसम्म आउँदा सबौको योगदान रहेको चर्चा गर्दै आगामी दिनमा क्लबलाई अझै चलायमान बनाउन सबैले योगदान गर्नुपर्ने बताए ।

डिष्ट्रिक पि आर ओ एवम् क्लबका पूर्व अध्यक्ष रामचन्द्र रानाभाटले वर्तमान अध्यक्षले सबैलाई समेटेर विभिन्न कार्यहरु सम्पदान गरेकोमा धन्यवाद दिंदै आगामी वर्षहरुमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । यस्तै रिजन चियर पर्सन एवम्र क्लबका पूर्व अध्यक्ष सागर लामिछानेले क्लबलाई अझै शसक्त बनाउन हामी सबै लागिपर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्य क्त गरे । डिष्ट्रिक कमिष्टी चियर पर्सन केशव राज तिवारीले नव निर्वाचि पदाधिकारीहरुलाई बधाइ दिंदै सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए । क्लबका निवर्तमान अध्यक्ष शक्ति श्री तिवारीले स्वागत गदै अहिलेको कार्यकालमा उत्कृष्ट कार्य भएकोमा अध्यक्ष लगाएत सम्पूर्णलाई धन्यवादन दिंदै नव निर्वाचि अध्यक्ष लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई बधाइ दिएकी थिइन् ।

क्लबका अध्क्ष प्रभा भुजलेले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुको चर्चा गर्दै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएकी थिइन् । त्यस्तै क्लबका सह सचिव वर्ष पुन मगरले सचिवको प्रतिवेदन, कोषाध्यक्ष सपना सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने क्लबका द्धितिय उपाध्यक्ष त्रिलोचन लामिछानेले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: