समाचारसमाज

नेपाल बाल संगठन कास्कीको अध्यक्षमा ढुंगाना

ऋषिराम रानाभाट
लेखनाथ,२७ चैत्र । नेपाल बाल संगठनको अध्यक्षमा बामदेव ढुंगाना निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको १० औं अधिवेशनले ढुंगानालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसै गरी संगठनको उपाध्यक्षमा रामहरी ढुंगाना, सचिवमा प्रभा भुजेल, कोषाध्यक्षमा सुजन आचार्य चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा केशव पौडेल, संगिता भण्ढारी, शंकर बहादुर नेपाली, बलराम केसी चयन भएका छन् ।

यस अघि संगठनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल बाल संगठनका केन्द्रिय अध्यक्ष विद्यादेवि उपाध्याय न्यौपाने असाय बालबच्चाहरुको आधारभुत आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिइन् । अनियमित रुपमा विभिन्न संघ संस्था एवम् स्थानिय निकाले प्रयोग गरिएको जग्गा जमिन बाल संगठनको अधिनमा ल्याएर परिचान गरिने बताइन् ।

यसै गरी पोखरा महानगरपालिका वडा नं.३ का वडा अध्यक्ष रबिन्द्र बहादुर प्रजु, नेपाल बाल संगठका केन्द्रिय सदस्य अर्जुन पौडेल, नेपाल बाल संगठन कास्कीका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद कोइराला, बाल मन्दिर मा.वि.व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार पराजुली, पोखारा महानगपालिका बाल कल्याण अधिकारी का विष्णु मायाँ पौडेल लगाएतले बाल संगठनका बारेमा बोलेका थिए ।
संगठनका अध्यक्ष बामदेव ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशन को सञ्चालन सचिव प्रभा भुजेलले गरेकी थिइन् भने उक्त अधिवेशनमा निर्वाचन अधिकृत शंकर शैंजु रहेको कुरा सचिव प्रभा भुजेलले जानकारी दिइन् ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: