समाचारसमाजस्थानीय

कास्कीमा जलारी समाज गठन

लेखनाथ,१ बैशाख ।  कास्कीको विभिन्न ठाउमा छरिएर रहेका जलरी समुदायहरुको लेखनाथमा भएको भेलाले झलक जलारीको अध्यक्षतामा जलारी समाज कास्की गठन गरेको छ ।
आफनो जातीय एकता,पेशागत एवंम भाषिक सुरक्षमा सहयोग पुग्ने गरि कास्कीको विभिन्न चार ठाउमा रहेका समाजको भेलाले झलक जलारीलाई अध्यक्षमा चयन गरेको हो ।
नवगठिन समितिको उपाध्यक्षमा सुर्य जलारी,सचिवमा ईन्द्र बहादुर जलारी,कोषाध्यक्षमा मनोज जलारी रहेका छन् भने समितिको सदस्यकहरुमा मल्के जलारी,बिशाल जलारी,सुक बहादुर जलारी,सञ्जिव जलारी,श्रीमति देवु जलारी,सोभा जलारी र शान्ति जलारी रहेका छन् ।
यसैगरि सोही भेलाले पदेन सदस्यको रुपमा बेगनासताल मत्स्य ब्यवसायी समितिका राजेन्द्र जलारी,हर्पन फेवा मत्स्य सहकारीका सोम जलारी,एकता जलारी समाजका कान्छा जलारी र सिता पाईला जलारी समाजको तर्फबाट सानुमान जलारीलाई चयन गरेको हो भने समितिको सल्लाहकारमा हर्क बहादुर जलारी रहेका छन् । भेला आयोजक समितिका अध्यक्ष राजेन्द्र जलारीको अध्यक्षतामा भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: