समाचारस्थानीयराजनिति

नेका पोखरा २७ को सुभकामना आदनप्रदान

लेखनाथ,१ बैशाख । नेपाली काग्रेसट पोखरा महानगरपालिका वडा नं २७ ले नयाँ बर्ष २०७९सालको अवसर पारेर शुभकामना आदन प्रदान तथा कार्यकर्तालाई चुनावी प्रशिक्षण दिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका पुर्व महामन्त्री तथा पुर्व सभामुख तारानाथ रानाभाटले नेपाली जनताको मन जित्ने गरि काग्रेस पाटीले कार्ययोजना ल्याउनु पर्ने सुझाव राख्दै काग्रेसलाई गठबन्धनको खाचो नपर्ने तर आवस्यक पर्ने ठाउमा पाटीको निती अनुसार अगाडी वढ्न कार्यकर्तालाई अनुरोध गरेका थिए ।
नेपाली काग्रेस वडा इकाई कमिटि पोखरा २७ का अध्यक्ष नारायणमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कास्की काग्रेसका नेता कृष्ण के शीले पाटीले गरेका कामको प्रचार प्रसार र भावी योजनाका बारेमा घोषण पत्र बनाएर निर्वाचन लक्ष्यीत कार्यक्रमका साथ अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा नेपाली काग्रेस कास्की क्षेत्र नं १ का क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछाने,पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, वडा सदस्य प्रेम प्रसाद बराल,प्रजातनत्र सेनानी हिरामणि सुवेदी,नेपाली काग्रेस कास्की क्षेत्र नं १ क का सभापति दुर्गा सुवेदी,क्षेत्रिय सचिव ओमप्रकाश गुरुङ,महाधिबेसन प्रतिनिधी सुरजजंग राणा,शिरोमणि लामिछाने,दुर्गा लामिछाने,नेका वडा नं २६ का सभापति शिव बहादुर रानाभाट,स्थानिय नेता चतुराखर अधिकारी,गंगा खनाल लगाएतले राम्रो काग्रेस र हाम्रो काग्रेस वनाउने अभियानमा लाग्नु पर्ने आवस्यकता औल्याएका थिए ।
पाटी सचिव सुर्यवहादुर वाग्लेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपा सभापति विश्वराज लामिछानेले गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: