समाचारस्थानीयराजनिति

एमालेबाट रूपा गाउँपालिका वडा नं.५ को वडा अध्यक्षमा खनाल सिफारिस

पोखरा, ३ बैशाख । कास्कीको रूपा गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा (एमाले) का तर्फबाट युवा नेता राजन खनाल वडा अध्यक्ष उम्मेद्‍वार सिफारिस भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका ७ जना आकाङ्क्षीहरू मध्येबाट उनी सर्वसम्मत छानिएका हुन् । वडा नम्बर ५ का जनताको भरोसाको केन्द्रका रूपमा पहिल्यैदेखि परिचित खनालले आफ्नो विजय सुनिश्चित भएको भन्दै गाउँको विकासका लागि आफूले सकेसम्म लागि पर्दै आएको र भविष्यमा थप लागिपर्ने बताए । रुपा ५ बासिन्दाको सुख(दुःखमा साथ दिँदै आएका उनी मतको मात्र नभई मनको समेत नेता भएको स्थानीयवासीको दाबी रहेको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: