Site icon Gaule Media ::

समस्याको सामना गर्न महिला अघि बढ्न आवश्यक ः खड्का

लेखनाथ, ४ बैशाख । नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले महिलाहरु समस्याको सामना गर्न अघि बढ्नु पर्ने कुरामा जोड दिइन् ।
पोखरा ८ नागढुङ्गास्थित श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ्ग सेन्टरले पोखरा ३१ बेगनासतालमा विस्तार गरेको शाखाको आइतबार उद्घाटन गर्दै खढ्काले यस्तो बताएकी हुन् । महिला र पुरुष एक रथका दुइ पाङग्रा भने जस्तै व्यवहारमा पनि लागु हुनुपर्ने कुरामा जोड दिंदै महिलालाई सफल बनाउन परिवार र समाजको सकारात्मक सोच हुनुपर्ने बताइन् ।
यसै गरी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले समाजमा सफल व्यवसायका लागि सीप, इच्छाशक्ति, दक्षता आवश्यक हुने बताए ।
सञ्चालक शर्मिला रानाभाटले यस बेगनासतालमा शाखा विस्तार गर्न पाउँदा खुशी लागेको बताउँदै आठ वर्ष कुँवेतमा रहेर व्यूटिसियन पेशा गरेपछि आफूले प्राप्त गरेको सिप र ज्ञानको उपयोग गर्दै पोखरा ८ नागढुङ्गामा श्रेना युनिसेक्स सैलुन एण्ड टेनिङ् सेन्टर सञ्चालन गरेको स्मरण गर्दै अहिले करीब २० लाखको लगानीमा पोखरा ३१ बेगनासतालमा शाखा सञ्चालन गरेको जानकारी दिइन् ।
आफू १३ वर्षदेखि व्यूटिसियन पेशामा आवद्व रहेको बताउँदै गण्डकी प्रदेशका विभिन्न जिल्लाका करिब चार सय जनालाई व्यूटिपार्लर सञ्चालन सम्बन्धी तालिम समेत दिएको जानकारी दिइन् ।
नेपाल व्यूटिसियन संघ कास्कीको अध्यक्ष समेत रहेकी रानाभाटले प्रोफेसनल मेकअप, रसियन हेयर स्टाइल, आइलासिस एक्स्टेन्सन, माइक्रो ब्लेडिङ्गसहित टाटु, जेन्स हेयर कटिङ्ग र प्रेसिङलगायतका सेवा प्रदान गरिने जानकारी दिइन् ।
आफू सँधै कामले आफ्नो पहिचान बनाउनु पर्छ भन्ने मान्यतामा विश्वास राख्ने बताउँदै महिला शशक्तिकरणका लागि अब हिम्मत गर्नुपर्ने समय आएको रानाभाटले बताइन् ।

Exit mobile version