समाचारसमाजस्थानीय

निर्वाच आचार संहिता सम्बन्धि प्रशिक्षण एवम् भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

गाउँले मिडिया
पोखरा, ११ बैशाख । आगामी बैशाख ३० हुने स्थानिय निर्वाच आचार संहिता सम्बन्धि प्रशिक्षण एवम् भित्तेपात्रो विमोचन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
लोकतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज पोखरा कास्की शाखाले आयोजना गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेश निर्वाचन अधिकृत हुमनाथ पराजुलीले निर्वाचन आचार संहिता भनेको नैतिक बन्धन भएको बताउँदै शान्ति समाजले विगतका निर्वाचनमा गरेको पर्यवेक्षण सह्रानीय भएको बताए । निर्वाचन आयोगले निश्पक्ष, स्वच्छ र धाँधली रहित निर्वाचन सम्पन्न गर्न शान्ति समाजले विगतमा दिएका सुझावका आधारमा निर्वाच अझ परिस्कृत हुँदै गएको बताउँदै निर्वाचन आचार संहिता राजनिति दल, सुरुक्षा निकाय, निर्वाचन आयोज, नागरीक समाज, पर्यवेक्षक लगाएत सरोकारवालाहरु सबैलाई निर्वाचन आचार संहिता लागु हुने बताए ।
निर्वाचन मतदान केन्द्रमा कुनै पनि अवाञ्छनिय कृयाकलाप भएमा तुरुन्त सुधार गर्न सकिने भएमा पर्यवेक्षकले सम्बन्धित निकालाई जानकारी गराइ सुधार गर्न सकिने पराजुलीले बताए ।
निर्वाचन पर्यवेक्षकका लागि कुनै पनि राजनितिक दलको कार्यकर्ता हुन नहुने भन्दै स्वतन्त्र पर्यवेक्षकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
निर्वाचन आयोगले कुनै अपाङ्ग, असाय, वृद्ध वृद्धा , विरामी जस्ता व्यक्तिहरुका लागि प्राथमिकातामा राखेको बताउँदै पर्यवेक्षकले त्यस्ता व्यक्तिरुलाई सहजीकरण भने गर्न सक्ने बताए ।
स्थानिय निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधली रहीत सम्पन्न गर्न सबै राजनितिक दलहरु, नागरीक समाज, सञ्चारकर्मी, सुरक्षा निकाय लगाएत सबै सरोकारवालाहरुको साथ र सहयोगले निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यसै गरी समाधान राष्ट्रिय दैनिक पत्रिका सह सम्पादक श्याम कुँवरले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्नेमा जोड दिंदै आफूले पालना गरेमा अरु सबैले पालना गर्ने बताए ।
मानव अधिकार शान्ति समाज कास्की शाखाका सल्लाहकार सूर्य प्रसाद ढकालले मानव अधिकार शान्ति समाजले आफ्नो स्थापना काल देखि नै नागरीकलाई जागरण्क गर्दै आफ्ना अधिकार प्राप्त गर्नको लागि अभियान सञ्चालन गरिरहेको बताए ।
मानव अधिार शान्ति समाजले मानव अधिकार , शान्ति , लोकतन्त्र र अहिंसा गरी चार वटा मुल मन्त्रलाई आत्मसाथ गर्दै समुदायको अधिकारको रक्षाका लागि नागरीकालाई जागरण गर्दै आइरहेको बताए ।
त्यस्तै गरी शान्ति समाजका अध्यक्ष तिर्थराज न्यौपानेले २०५४ साल देखि शान्ति समाजले निर्वाचनको पर्यवेक्षण गरेको बताउँदे शान्ति समाज राज्यको सहयोगीको रुपमा पर्यवेक्षेण गरेको बताए ।
निर्वाचन आयोगले तय गरेका आचार संहिताभित्र रहेर शान्ति समाजले स्वतन्त्र रुपमा निर्वाचनको पर्यवेक्षण गर्ने बताए। शान्ति समाजका सचिव शावित्री शर्माले सञ्चालन गरेको कार्यक्रममा कार्यसमितिनका सदस्य एवम् भित्ते पात्रो प्रकाशन समिनिका संयोजक झलक प्रसाद तिवारीले स्वागत गरेका थिए भने शान्ति समाजले प्रकाशन गरेको २०७९ सालको भित्ते पात्रो समेत विमोचन गरिएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: