समाचारराजनिति

एमाले उम्मेदवारहरु सूर्य अंकित झण्डा बोकेर घरदैलोतिर लागिसके–दवाडी

बैशाख १६ ,पोखरा ।  नेकपा एमालेका उम्मेदारहरु सूर्य चिन्ह अंकित झण्डा बोकेर भोट माग्न घरदैलोमा निस्किसकेको नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिव धञ्जय दवाडीले बताए । मत माग्न घरदैलोमा पुग्ने एमाले उम्मेदावरले गण्डकी प्रदेशका जनताबाट न्यानो माया र सत्कार पाउने उनले विश्वास व्यक्त गरे ।
नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य समेत रहेका दवाडीले यसपटकको स्थानिय निर्वाचनमा एमालेले गण्डकी प्रदेशमा विगतको भन्दा अझै राम्रो नजिता ल्याउने ठोकुवा समेत गरे । पाँच वर्ष अगाडी एकल रुपमा ३५ पालिकामा जित हाँसिल गरेको जानकारी दिंदै पहिला कमजोर देखिएका पालिकाहरुमा पनि अहिले एमालेको अवस्था निकै सुध्रिढ भएको दावी गरे ।
‘अहिले पुरानो भन्दा राम्रो नजिता ल्याउने प्रशस्त आधार छन् । हामीले गरेका काम, पार्टीले हाँसिल गरेको लोकप्रियता, जनतासंग प्राप्त विश्वास हाम्रो जितको प्रमुख आधार हो’– दवाडीको दाबी थियो ।
गण्डकी प्रदेशमा पार्टी फुटको कुनै असर नभएको उनको भनाइ थियो । ‘बाटो बिराएका गएका साथीहरु फर्किइसकेका छन् । घाउ लागेपछि दाग त देखिन्छ, तर खोट बनिसकेको छ, त्यसको असर छैन’–उनले भने । सर्वोच्चको परमादेसबाट बनेको सरकारसंग जनताको कुनै आशा, भरोसा र आधार नरहेकोले यो सरकारलाई जनताले निर्वाचनमार्फत बढार्ने ठोकुवा समेत गरे ।

Related Articles

Back to top button
%d bloggers like this: