समाचारस्थानीयराजनिति

पोखरा ३१ मा पाँच दलिय गठबन्धन उम्मेदबार परिचय एवम् चुनाव प्रचार प्रसार सुरु

गाउँले मिडिया,
लेखनाथ, १७ बैशाख । पोखरा महानगरपालिका वडा नं.३१ मा पाँच दलिय गठबन्धनका उम्मेदबारहरुको परिचय सँगै चुनाव प्रचार प्रसार कार्यक्रम शनिबार देखि सुरु भएको छ ।
बेगनासताल नेपाल कांग्रेस सम्पर्क कार्यलयमा भएको कार्यक्रममा नेपाल कांग्रेस क्षेत्रिय सभापति राजेन्द्रमणि लामिछानेले गठबन्धन वर्तमान परिस्थिति अनुसार राष्ट्रको माग भएको भन्दै ३१ नं. वडाका अध्यक्ष लगाएत सम्पूर्ण वडा सदस्यहरुलाई मतदान गर्न आग्र गरे ।
सामन्त र संविधान मिच्ने विरुद्ध गठबान्धन भएको बताउँदै आगामी बैशाख ३० गते हुने स्थायिन तहको निर्वाचनमा सबै एक जुट भएर अगाढि बढ्नु पर्ने आवश्यकता भएको बताए ।
यसै गरी माओवादी केन्द्रका रविमोहन ढकाल, नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेश सदस्य गोकर्ण तिवारी लगाएतले स्थायिन तहको निर्वाचनमा सबै एक भएर जनतालाई सुसुचित गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेद्बार ढकनाथ कंडेलले केन्द्र देखि स्थानिय तह सम्म गठबन्धन भएको बताउँदै वडाको विकासको लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताउँदै जनताको भावन र गठनबन्धनका नेतहरुको सुझाव अनुसार अगाडि बढ्ने कंडेलले बताए ।
यसै गरी एकिकृत नेकपा समाजवादीबाट वडा सदस्य शेभामोहन सुवेदी, माओवादी केन्द्रको तर्फबाट सदस्य उम्मेद्बार भरत ढकाल, सोही पार्टीबाट दलित महिला सदस्य बिन्दु परियार र महिला सदस्य मैना थापा लगाएतले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पाच दलका नेता कार्यकर्ताहरु एक भएर लाग्न आग्रह गर्दै मतदान गर्न आग्रह गरेका थिए ।
वडा नं.३१ नेपाली कांग्रेस ईकाई सभापति महेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस युवा नेता कुृष्ण प्रसाद ढुंगानाले गरेका थिए भने कार्यक्रम पश्चात बेगनासताल जलेश्वर मन्दिरमा पूजा गरी, बेगनासताल, मोहोरिया, भाटको मुल, नहरचोक, एकान्तकुना लगाएतका क्षेत्रहरुमा चुनाव प्रचार प्रसार सुरु गरिएको ढुंगानाले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: