समाचार

उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान

काठमाण्डौ, १७ बैशाख ।निर्वाचन आयोगले १ लाख ४५ हजार स्थानीय निकाय निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । १ लाख ५३ हजार उम्मेदवारमध्ये ८ हजारले उम्मेदवारी फिर्ता लिएपछि आज साँझ ५ बजेभित्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

दलगत उम्मेदवारहरुले यसअघि नै टुंगो लागेको चुनाव चिन्ह प्राप्त गरेका छन् । जस अनुसार नेपाली काँग्रेसको रुख, एमालेको सूर्य, माओवादीको गोलाकार भित्रको हँसिया हथौडा, नेकपा एसको कलम, जसपाको छाता, राप्रपाको हलो, लोसपाको साइकल चुनाव चिन्ह छन् । अन्य दलहरुको पनि आफ्नै चुनाव चिन्ह छ ।

स्वतन्त्रका लागि पनि चुनाव चिन्ह तोकिएको छ । स्वतन्त्रका चर्चित नामहरुमा भरतपुरका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर, धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार गोपाल हमालले आँप, विराटनगरका मेयरका उम्मेदवार उमेश यादव र उपमेयरकी उम्मेदवार नमिता न्यौपानेको लालटिन चुनाव चिन्ह रहेको छ । गोदावरी महानगरपालिकाका मेयरका उम्मेदवार माधव खत्रीले धारो चुनाव चिन्ह पाएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: