समाचारस्थानीयराजनिति

धेरै काम गरेका छौ, केही अपुरा काम गर्न वाँकी भएर फेरी आएको छु ः पुर्ण कुमार गुरुङ्ग

लेखनाथ, १८ बैशाख । पोखरा महानगरपालिका वडा नं २७ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदबार पुर्ण कुमार गुरुङ्गले  आफ्नो पाँच वर्षे कार्यकालमा  धेरै काम गरेको र केही अपुरा काम गर्न बाँकी रहेकाले फेरी जनता माझ आएको बताएका छन् । आफ्नो  पाँच वर्षे कार्यकालको समिक्षा गर्दै आफुले वडा नं २७ को विकासमा कुनै कसुर वाँकी नराखेको बताउँदै बाकी रहेका काम पूरा गर्न पून वडा अध्यक्षको उम्मेदबार भएको स्पष्ट पारेका छन् ।

उनले वडा नं २७ मा वाटो पिच गर्ने काम करिव ९० प्रतिशत वढि भएको वताए । वडामा आफू आएपछी हाल रहेको वडा कार्यलयमा महानगर को कोविड अस्पताल सञ्चालन गर्न दिईएको र हाल भाडामा वडा कार्यलय सञ्चालनमा रहेको वताए । आगामी ५ वर्षमा वडा कार्यलय भवन निर्माण गर्ने लगाएत अन्य विकास निर्माणको कामहरु गर्ने जानकारी गराए । तालचोक देखी वेगनासताल सम्मको वाटो निर्माण आफ्नो प्रथमिकता रहेको र त्यस वारेमा महानगरमा निरन्तर दवाव दिँदै आएको समेत वताए ।

आगामी ५ वर्षमा साविक लेखनाथको मुख्य वजार रहेको तालचोक र अघौं चोकमा व्यपारिक हव वनाउने र कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थललाई पर्यटकिय आकर्षण केन्द्रको रुपमा विकास गर्दै लैजानेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी सँग गठवन्धन गर्दै सहकार्य र समझ्दारीमा आफुले चुनाव जिते पनी एमाले पार्टी सँग सल्लाह गर्दै एकिकृत विकासका योजना आफूसँग रहेको गुरुङ्गले वताउँछन् ।

Related Articles

Back to top button
%d bloggers like this: