समाचारसमाज

पोखरामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

पोखरा, १८ बैशाख । मानवअधिकार तथा शान्ति समाज कास्कीशाखाले अन्तरसंवाद कार्यक्रम आइतबार सम्पन्न गरेको छ । १३३औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा  मनव अधिकार शान्ति समाजका केन्द्रिय सभापती गोविन्द खनालले मजदुर दिवसको इतिहासका वारेमा चर्चा गर्दै मजदुरहरुका हकहितका बारेमा आवज उठाउनु पर्ने बताए ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले १३ प्रतिशत भन्दा बढी मानिस भिन्न शारीरिक अपांगता भएको बताउँदे राजनिति दलहरुले तिनीहरुको उपेक्षा गरेको बताउँदै मजदुरहरुको हकहितका लागि संयमित नभएको आरोप लगाए ।
यसै गरी प्रेस चौतारि अनुशासन समितिका केन्द्रिय उपाध्यक्ष श्याम कुंवले राज्यले मजदुरको हकहितमा ख्याल नगरेको बताउँदै राजनिति दलहरुले निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा गरेको र चुनाव पछि आफ्नो प्रतिबद्धताहरु ख्याल नगरिएको बताए । प्रजातान्त्रिक प्राध्यापक संघका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष देवीलाल शर्माले मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको अन्तर संवाद कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, सामाजिक विकास मन्त्रालयका सहसचिव बुध्दि सागर घिमिरे लगाएतले मजदुरका हकहितका बारेमा बोलेका थिए । मानव अधिकार तथा शान्ति समाज कास्की शाखाका अध्यक्ष तीर्थराज न्यौपानेले  कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दे मानव अधिकार तथा शान्ति समाज कास्कीले मजदुरहरुका हकहितका बारेमा आवज उठाउँदै आएको र आगामी दिनमा मजदुरका हक अधिकार व्यवहारमा कार्यन्वयन गर्न सरोकारवालहरुलाई घचघच्याउने बताए । समाजका उपाध्यक्ष रामकृष्ण ढुंगानाले स्वागत गरेका थिए सचिव सावित्री शर्माले कार्यक्रम सञ्चालन गरेको कुरा समाजका अध्यक्ष न्यौपानेले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: