समाचारराजनिति

नेकपा एमालेको पोखरा २७ रिठ्ठेपानीमा चुनावी सभा सम्पन्न

लेखनाथ/ बैशाख १८ पोखरा महानगरपालिकाका प्रमुख उपप्रमुख सहितका उम्मेदवारहरुको उपस्थितिमा नेकपा एमालेले पोखरा २७को रिठेपानीमा आइतवार चुनावी सभा सम्पन्न गरेको छ ।
सभालाई सम्वोधन गर्दै नेकपा एमाले पोखरा महानगरका प्रमुख पदका उम्मेदवार कृष्ण वहादुर थापाले निर्वाचनमा गरिएका प्रतिवद्धता अक्षरस पालन गर्ने बताए । थापाले व्यक्तिगत सुविधा र सुःखका लागि एमालेका उम्मेदवारहरुले चुनाव नलडेको भन्दै, पाँच बर्ष पुरै समय खटेर जनताको काम गर्ने उल्लेख गरे ।
मेयरका प्रत्यासी थापाले प्रतिवद्धता पत्रमा साविक लेखनाथको विकासका लागि राम्रो योजना बनाईएको उल्लेख गर्दै, पोखरा र लेखनाथका जनताले अनुभूति गर्ने गरी काम हुनेमा विश्वस्त हुन आग्रह गरे । उनले अघिल्लो चुनावमा काग्रेसले जितेको वडा नं. २७ मा यसपटक सुर्यध्वजावाहक उम्मेदवारले विजयी हासिल गर्ने ठोकुवा गरे । वडा नंं २७ मा एमालेले जुझारु उम्मेदवार उठाएकाले पनि वडावासीले अत्याधिक मत दिने विश्वास व्यक्त गर्दै बजेट र राजनितिमा वडा नं. २७ कहिल्यै उपेक्षित नहुने पनि उनले सो अवसरमा प्रतिवद्धता व्यक्त गरे ।
उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङ्गले अघिल्लो चुनावमा लेखनाथवासीले दिएको मतबाट बिजयी हासिल गरेको उल्लेख गर्दै, यसपटक विगतको अनुभवले अझ विकसित बनाउने गरी योजना ल्याएको उल्लेख गरिन ।
गुरुङ समुदायको बस्ती रहेको रिठ्ठेपानीमा उच्च सोच रहेको उल्लेख गर्दै, सवल र सक्षम नेतृत्वका लागि मत दिन आग्रह गरिन । वडावासीहरु कसैको दास नभएको उल्लेख गर्दै, आफ्नो विचारको मालिक आफै भएकाले मतदानको समयमा विवेक प्रयोग गर्न समेत आग्रह गरिन् ।
नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ्गले वडा नंं २७ को विजय यात्रा कसैले रोक्न नसक्ने उल्लेख गर्दै, प्रगतिशिल समूहको मतको सुरक्षा गर्न आग्रह गरे ।
नेकपा एमाले वडा नं. २७ का उम्मेदवार सुर्यमणि लामिछानेले वडाको विकासका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै, शिप र रोजगारको व्यवस्था, कृर्षिमा आधुनिकीकरण र मानविय संसाधनको विकासमा आफुले जोड दिने उल्लेख गरे । राजनीतिक आस्थाका आधारमा विकासको विभेद नगरिने उल्लेख गर्दै उम्मेदवार लामिछानेले काग्रेसको पाँच बर्षे शासनमा विभेद भएको बताए ।
कार्यक्रममा कलाकार शिवहरि ढुंगानाले गित संगित प्रस्तुत गरेका थिए भने वडा नं. २७ को अर्चले देखी शुरु भएको उम्मेदवार सहितको र्याली अर्घौवेसी, कालीगण्डकी, डाँडानाक, साविक नगरपालिका, तालचोक, डाँडाको नाक राजमार्ग, आवास नगर, अर्घौ चोक हुँदै रिठ्ठेपानीमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।
यसअघि विहान उम्मेदवारले अर्घौ अर्चलेमा घरदैलो गरेका थिए । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलबाट शुरु भएको घरदैलो कार्यक्रम अर्घौवेशीमा पुगेर समापन भएको थियो । यसपटक वडा नं. २७ मा जनताले परिवर्तन खोजेको घरदैलोको बेलामा प्रतिक्रिया पाएको चुनाव परिचालन कमिटीका संयोजक गणेशराज धमलाले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: