
रुपा, १८ बैशाख । नेपाली कांग्रेस रुपा गाउँपालिका वडा नं.६ ले उम्मेदबार परिचय कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
परिचय कार्यक्रममा रुपा गाउँपालिका प्रमुख गिमायाँ गुरुङले रुपा गाउँपालिकामा टुक्रे योजना नभई ठूला ठूला योजना ल्याई लिफ्टिङ प्रविधिबाट निशुल्क रुपमा खानेपानीको व्यवस्था गर्ने बताइन् । आफू सदै रुपावासीको सुख दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै आफु विजयी भएको खण्डमा कृषि, स्वास्थ्य, यातायात, शिक्षा, महिला लक्षित, युवा लक्षित लगाएतका कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गर्ने बताइन् ।
आफू सदैव जनताको विचमा रही जनताको सेवामा जीवन समर्पण गर्ने बताउँदै कुनै राजनिति विचारको आधारमा, जातजति, धर्म, महिला, पुरुषको आधारमा कुनै भेदभाव नगरी समान रुपमा जनताको सेवा गर्ने उनले गाउँपालिका अध्यक्ष प्रत्यासी उम्मेदबार गुरुङले बताइन् ।
सोही अवसरमा उपाध्यक्षका उम्मेदबार नारायण कुमार श्रेष्ठले रुपा गाउँपालिकाको समृद्धिका लागि आफू सदैव लागिरहने बताउँदै आफूहरुले चनावका वेलामा प्रतिबद्धता व्यक्त गरेका कुराहरुलाई व्यवाहारमा लागु गर्ने बताए । रुपा गाउँपालिकामा औधोगिक क्षेत्रको निर्माण गर्ने बताउँदै युवाहरुलाई स्वरोजगारको अवसर प्रदान गर्ने बताए ।
त्यस्तै रुपा गाउँपालिका वडा नं.६ का अध्यक्षका उम्मेदबार बलराम गुरुङ, दलित महिला सदस्य मिना परियार, खुल्ला महिला सदस्य हिरा कुमारी खड्का, खुल्ला सदस्यहरु टिका बहादुर गुरुङ, खेम बहादुर गुरुङले समग्र रुपा गाउँपालिको विकासमा समर्पित हुने बताउँदै आफूहरुलाई विश्वास गरी जनताको सेवा गर्ने अवसर दिन अपिल गरे । यस्तै गरी नेपाली कांग्रेस रुपा गाउँपालिका निवर्तमान सभापति एवम् क्षेत्रिय प्रतिनिधि तुल बहादुर गुरुङ, सम्मर बहादुर परियार , आनन्द सापकोटा लगाएतले बोलेका थिए भने रुपा ६ तालवेसी टोल समतिका सभापति कुवेरजङ गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।