समाचारराजनिति

पोखरा ३१ मा गठबन्धनको चुनाव प्रचार अभियान तिब्र

लेखनाथ, २० बैशाख । यही बौशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्ये नजर गर्दै सत्ताधारी दहरुले चुनाव प्रचार प्रसारलाई तिब्रता दिएका छन् । गठबन्धनका उम्मेदबारहरु साझा घोषणा पत्र लिएर जनताको घरदैलोमा पुगेका छन् ।
वडा नं.३१ लाई समृद्ध वडाको रुपमा बिकास गर्ने चुनावी एजेण्डा बोकेर जनताको घरदैलोका क्रममा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ढकनाथ कँडेलले ३१ नम्बर वडाको समुन्नत बिकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । विगतमा विजयी बनेका दल र उम्मेदवारबाट ३१ नम्बर वडाका नागरीकको अपेक्षा पुरा हुन नसकेको उल्लेख गर्दै उनले यसपटकको निर्वाचनबाट ऐतिहासीक नतिजा निकाल्न मतदाताहरुसँग अपिल गरे ।
घरदैलो कार्यक्रममा वडा नं.३१ का वडा बासीले समग्र वडाको विकास चाहेको बताउँदै यस पटकको निर्वाचनमा वडा वासीले आफू लगाएत गठबन्धनका सदस्यहरुलाई मत दिएर विजयी बनाउने आफू विश्वस्त रहेको बताए ।
वडा नं.३१ मा उम्मेदबारहरुले यस अघि पाँच वर्षे कार्यकालमा एमालेको नेतृत्वमा रहेको वडा समितिले सडक, खानेपानी, शिक्षा लगाएतका क्षेत्रमा केही काम नगरेको हुँदा अबको चुनाबमा आफूहरुलाई अत्यधिक बहुमतले जिताएर विकासको अनुभ लिन अपिल गरे ।
आफू विजयी भएमा कुनै पनि राजिनिति, धार्मिक, सामाजिक, लैंगिक , जातजातिको रुपमा भेदभाव नगरी समग्र वडाको विकासमा आफू कटिबद्ध भएर लागि पर्ने कंडेलले प्रतिबद्धता व्यक्त गरे ।
आगामी ३० गते हुने निर्वाचनमा वडा नम्बर ३१मा गठबन्धनका तर्फबाट अध्यक्षमा कँडेल सहित सदस्यमा नेकपा मोवादी केन्द्र र समाजवादीबिच तालमेल भएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: