समाचारस्थानीयराजनिति

पोखरा ३१ मा गठबन्धनको घर दैलो कार्यक्रम

लेखनाथ, २० बैशाख । आगामी बौशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिए सँगै पोखरा ३१ मा राजनितिक दलहरुले आफ्नो घरदैलो कार्यक्रमलाई जारी राखेका छन् । गठबन्धन दलका उम्मेदबारहरुले घरदैलो कार्यत्रक्रमलाई निरन्तरता दिएका छन् ।
गठबन्धनका उम्मेदबारहरु आफ्ना साझा एजेण्डाहरु लिएर जनतामाझ गएका छन् ।
मंगलबार सम्पन्न भएको घरदैलो कार्यक्रममा वडा अध्यक्ष्ँका उम्मेदबार ढकनाथ कंडेलले वडाको स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, सामाजिक लगाएतका क्षेत्रमा विकास गरी गर्व गर्न लाएक वडाको रुपमा विकास गर्ने बताउँदै यस पटकको निर्वाचनमा आफू र गठबान्धनका वडा सदस्यहरुलाई मटदान गर्न अपिल गरे ।
कार्यक्रममा कंडेलले आफ्नो जीवन समाज सेवामा समर्पित गरेको बताउँदै आफूले राजनितिक, धार्मिक, जातजाति, लैंगिक आदिका आधारमा भेदभाव नगरी समुन्नत वडाउनका लागि आफू जनताको घरदैलोमा आएको बताए ।
मंगलबार पोखरा ३१ को बेगनास अर्चलथर, डाँडाथर, माझथर, सपौंदे, दलित बस्ती , मुखिया थर, अदुवाबारीका स्थानहरुमा घरदैलो सम्पन्न गरेको प्रबक्ता कृष्ण प्रसाद ढुंगानाले बताए ।
आगामी ३० गते हुने निर्वाचनमा वडा नम्बर ३१मा गठबन्धनका तर्फबाट अध्यक्षमा कँडेल सहित सदस्यमा नेकपा मोवादी केन्द्र र समाजवादीबिच तालमेल भएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: