समाचारस्थानीयराजनिति

पोखरा ३१ मा एमालेको चुनावी अभियान तिब्र

लेखनाथ, २० बैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पोखरा ३१ का नेकपा एमालेका उम्मेदबारहरुले घरदैलो कार्यक्रमलाई तिब्र पारेका छन् ।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा खुसी हुँदै विकास गर्ने पार्टी नेकपा एमाले भएको बताएका थिए । घरदैलो कार्यक्रममा एमालेको तर्फबाट पोखरा महानगरपालिकामा मेयरका उम्मेदबार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं ३१ का वडाध्यक्षका उम्मेदबार चिरन्जिवी बञ्जरा, दस्यमा देवेन्द्रराज अधिकारी, विनोदमणी लामिछाने, धनदेवी तिवारी, तारा नेपालीलाई अत्यनधिक बहुमतले विजयी गराउन चुनाव प्रसार प्रचार समितिका संयोजक पुरुषतोम अधिकारीले अनुरोध गरेका थिए ।
उक्त घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदबार चिरन्जिवी बञ्जराले होम स्टे मार्फत समग्र वडालाई पर्यटनको क्षेत्रमा विकास गर्ने बताए । आफू विजयी भएमा शिक्षा, स्वास्थ्य, यातायात, धार्मिक , समाजिक लगाएतका क्षेत्रमा गुरु योजना बनाएर समृद्ध वडाको रुपमा विकास गर्ने बञ्जराले प्रतिबद्धता व्यक्त गरे ।
वडामा निर्वाचनलाई लक्षित गर्दै मंगलबार पचभैया, भन्ज्याङ, आनन्दज्योती , सिम्ले, भँगेरी, खप्रेटा , श्याङ्खुदी लगाएतका स्थानहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको चुनाव प्रचार प्रसार समितिका संयोजक अधिकारीले जानकारी दिए ।

Related Articles

Back to top button
%d bloggers like this: