समाचारराजनिति

निस्वार्थ भावनाले वडाको विकास गर्छु ः गुरुङ

लेखनाथ, २१ बैशाख । राष्ट्र, राष्ट्रियता धर्म संस्कार भ«ष्टचारमुक्त पालिका निर्माण भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्षका उम्मेदबार रहेका राम प्रसाद गुरुङ (किसान ) ले आफूले निस्वार्थ भावनाले वडा नं.३१ को विकास गर्ने बताए ।
आगामी बैशाख ३० हुने स्थानिय तहको निर्वाचनको घरदैलाको अभियानको क्रममा गुरुङले उक्त कुरा बताएका हुन् । विगतमा ठूला भन्ने राजनिति दलहरुले जनताको भावना अनुसार काम नगरेको आरोप लगाउँदै आफू विजयी भएमा जनताको अपेक्षा अनुसार विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई विश्वास गरी हलो चिन्हमा आफू र सदस्यहरुलाई मतदान गर्न मतदाताहरुमा अपिल गरे ।
बुधबारको घरदैलो अभियानको क्रममा आनन्द ज्योती, अर्चलथर, लप्सी डाँडा, भञ्ज्याङ लगाएतका स्थानका बासिन्दाहरुले उत्साहका साथ स्वागत गरेको क्षेत्र नं.१ क का अध्यक्ष राजेश थापाले बताए ।
“सबै पार्टीलाई पटक पटक हेरियो यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्छौ” जनताको प्रतिक्रिया रहेको थापाले जानकारी दिए ।
यसै गरी पचभैया तमु समाज, बैद्ध चक्र गुम्बाले स्वागत कार्यक्रमको आयोजना गरेको थियो । सो स्वागत कार्यक्रममा वडा अध्यक्षका उम्मेदबार गुरुङले बेगनास भोर्लेटार सडक खण्डको स्तर उन्नति तत्काल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सदैव जनताको सुख दुखमा साथ दिने बताए । पोखरा ३१ का वडा कार्यसमितिका अध्यक्ष प्रकाश तिवारीले पार्टीको अवधारणाहरुको वारेमा जानकारी दिंदै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष लगाएत सम्पूर्ण सदस्यहरुलाई हलो चिन्हमा भोट हाल्न आग्रह गरेका थिए भने कार्यक्रम सञ्चालन राजेश थापाले गरेका थिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: