
लेखनाथ, २४ बैशख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिंगदेनले भ्रष्टचार गरेर खानु भनेको आमाको रगत खानु सहर हुने बताए । शनिवार पोखरा ३१ को चुनावी सभालाई सम्बोधन गर्दै लिंगदेनले सो कुरा बताएका हुन् ।
जीवनको लामो यात्रामा एक रुपैयाँको पनि भ्रष्टचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा पनि छिर्न सकिने बताउँदै यदी भ्रष्टचार गरेको प्रमाणीत भएमा आफू नोकर हुन तयार रहेको पनि उनले बताए । देश बचाउने र बनाउने जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीको काँधमा आएको बताउँदै सोही अनुसार चुनावमा एक भएर लाग्न पार्टीकार्यकर्तालाई आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा नं.३१ का अध्यक्ष पकाश तिवारीले राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई भ्रष्टचार बाट मुक्त गर्ने बताउँदै अहिले डूला राजनितिक दलहरु ज्नता प्रति इमान्दार नभएको आरोप लगाए । सबै नेपाली जनता परिवर्त खोजेको बताउँदै जनताको चाहना र भावनलाई बुझेर पार्टी अगाढि बढ्ने बताए ।
पर्टी नेतृ रेखा थापा, वडा अध्यक्षका उम्मेदबार किसान गुरुङ र सदस्यहरु कमल तिवारी, भोजराज लामिछाने, दिपा विश्वकर्मा र इन्दिरा अधिकारी लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रममा तिवारीले स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट अध्यक्षका उम्मेदबार लगाएत सदस्यहरुलाई हलो चिन्हमा मतदान गर्न अपिल गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी नेता बिरेन्द्र ढकालले गरेका थिए ।