
काठमाण्डौ, २८ बैशाख । निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा १८ वर्ष उमेर पुगेका नेपाली नागरीकले मतदान गर्न सक्ने जनाएको छ ।
आयोगले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र वा नागरीकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरण सँग भिडाई यकीन गरी मतदान गर्न सक्ने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धरा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्तको कुराको निर्देशन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।