समाचारसमाज

विद्यालयको हिउँदे र बर्खे बिदा कटौती, शुक्रबार पनि ४ बजेसम्म पढाइ हुने

काठमाडौं । सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै वर्षभरीमा अधिकतम ३० दिनमात्रै बिदा दिनेगरी व्यवस्था गर्न सबै स्थनीय तह तथा विद्यालयलाई निर्देशन दिएको छ ।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले हिउँदे तथा बर्खे बिदालाई कटौती गरी क्रेडिट आवर पुर्याउन मन्त्रालयले निर्देशन दिएको हो । त्यस्तै शुक्रबार पनि ४ बजेसम्म अध्यापन गराउन र सोहीअनुसारको क्यालेन्डर तयार गर्न मन्त्रालयको निर्देशन छ ।

यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो । शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: