समाचारराजनिति

मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग,

पोखराका मेयरका उम्मेदवारहरुले मतदान गरे

३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।

ती स्थानमा  पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् ।

पोखराका मेयरका उम्मेदवारहरुले मतदान गरे

पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकिकृत समाजबादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ती उदय मावीको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरि अभियानका तर्फबाट मेयरका उम्मेदबार बनेका गनेस पौडेलले पोखरा १४ को रामेश्वरी मावीको केन्द्रको मतदान केन्द्रमा मतदा गरेका हुन् ।
पोखरा महानगरपालिकामा सबै मतदान केन्द्रमा शान्तीपुर्ण तरिकाले मतदान चलिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: