समाचारराजनिति

अधिकांश पालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको शुक्रबार सम्पन्न मतदानको नतिजाहरु धमाधम आउन थालेको छ । देशका अधिकांश स्थानमा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरुको बढी स्थानमा अग्रता रहेको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले धेरै पालिकाहरुमा अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पछ्याइरहेका छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस प्रमुख पदमा १०६ र उप प्रमुख पदमा ८० स्थानमा अगाडी रहेको छ भने नेकपा एमाले प्रमुख पदमा ६२ र उप प्रमुख पदमा ६८ स्थानमा अगाडी रहेको छ । त्यस्तै गरी माओवादी केन्द्र प्रमुख पदमा ३४ र उप प्रमुख पदमा ४२ स्थानमा अगाडी रहेको छ । एकिकृत समाजवादी प्रमुख पदमा ३ र उप प्रमुख पदमा ७ स्थानमा अगाडि रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: