
पोखरा,१ जेठ । पोखरा महानगरपालिकामा १ हजार ६ सय मत गन्दा गठबन्धनका उम्मेदारहरुको अग्रता कायम रहेको छ ।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यको ६१३ मत ,एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापाको ५८३ मत र, गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार कोपीला रानाभाटले ७१६ र नेकपाएमाले तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले ५८३ प्राप्त गरेकी छिन् ।
पोखरा महानगरपालिकामा वडा नं। १, २ र १२ को मतगणना जारी छ ।