समाचारसमाज

लायन्स क्लब अफ बेगनास तालनगरीद्धारा असाय बच्चालाई सहयोग

ऋषिराम रानाभाट लेखनाथ ÷७ जेठ । लायन्स क्लब अफ वेगनास तालनगरीले असाय बच्चाहरुलाई शुक्रबार आर्थिक सहयोग गरेको छ । हामी सेवा गर्छौ भन्ने अन्तराष्ट्रिय लायन्स क्लबको मुल मर्मलाई आत्म साथ गर्दै विभिन्न सामाजिक तथा मानव सेवामा विविध कार्यक्रमहरु गर्दै आएको क्लबले शुक्रकार एक कार्यक्रमका बिच रु २२ हजार १० रुपैयाँ सहयोग गरेको हो ।
Match him संस्थाले रेखदेख गर्दै आएको बच्चाहरुलाई गरिएको आर्थिक सहयोग कार्यक्रममा डिष्ट्रिक एडभाइजर ऋषिराम रानाभाटले जहाँ आवश्यकता हुन्छ त्यहाँ लायन्स क्लब पुगेको हुन्छ भन्दै लायन्स क्लबले कुनै स्वार्थ नराखी समाज सेवामा समर्पित रहेको बताउँदै यस्ता असाय बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आफूहरुलाई आत्म सन्तुष्टि भएको बताए ।
त्यस्तै गरी Match him संस्थाका कार्यकारी निर्देशक बाबुराम पौडेलले संस्थाको बारेमा जानकारी दिंदै आफूले पोखरा ३० खुदीमा १३ जना असाय बालबालिकाको रेखदेख गर्दै आएको जानकारी गराएका थिए । यस्ता असाय वालवालिकालाई सहयोग गरेकोमा लायन्स क्लबक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । यसै गरी दीर्घायु पोखरा अस्पताल रेडियोलोजी शाखाका अन्जना पौडेलले आफू समाज सेवामा पहिला देखि नै रुचि रहेको बताउँदै आफ्नो जन्मदिनको अवसरमा असाय बाबालिकालाई थोरै भए पनि सहयोग गर्न पाएको खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सयहोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसै गरी कार्यक्रम संयोजक एवम् क्लबका निवर्तमान अध्यक्ष शक्ति श्री तिवारी, क्लबका द्धितिय उपाध्यक्ष त्रिलोचन लामिछानेले लायन्स क्लबले गरेका विभिन्न समाजक तथा मानव सेवाका कार्यहरुका वारेमा चर्चा गर्दै बालबालिकाको उज्वल भविष्यको कामना गरेका थिए ।
क्लबका अध्यक्ष प्रभा भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका तुतिय उपाध्यक्ष अरुण चन्द्र सुवेदीले गरेका थिए भने क्लबका कोषाध्यक्ष सपना सुवेदी, दीर्घायु अस्पताल पोखराका अन्जना पौडेलले जन्म दिनको अवसरमा विशेष आर्थिक सहयोग गरेका थिए । त्यस्तै गरी लायन्स क्लबका तृतिय उपाध्यक्ष अरुण चन्द्र सुवेदी, क्लबका निबर्तमान अध्यक्ष शक्ति श्री तिवारी, अध्यक्ष प्रभा भुजल, क्लबका द्धितिय उपाध्यक्ष त्रिलोचन लामिछाने, क्लबका पूर्व अध्यक्ष रामचन्द्र रानाभाट, क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाट लगाएततले ःबतअज ज्ष्m संस्थाका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको कुरा कार्यक्रम संयोजक शक्ति श्री तिवारीले गाउँले मिडियालाई जानकारी दिइन् ।

Related Articles

Back to top button
%d bloggers like this: