समाचारस्थानीयराजनिति

पोखरा ३१ को वडा अध्यक्षमा कांग्रेसका कंडेल निर्वाचित

लेखनाथ, ९जेठ । स्थानीय तहको निर्वाचन अन्तरगत पोखरा ३१को वडा अध्यक्षमा नेपाली कांग्रेसका नेता ढकनाथ कंडेल विजयी भएका छन् ।
कंडेलले निकटतम प्रतिद्धन्दि एमालेका चिरन्जिवी बञ्जरालाई १ सय ६१ मतको अन्तरले पराजित गरी विजयी भएका हुन् ।
अन्य वडा सदस्यहरुमा भने एमालेका उम्मेदबारहरु देबेन्द्र राज अधिकारी, बिनोद मणि लामिछाने, धनदेवी तिवारी र तारा नेपाली विजयी भएका छन् ।
महानगरका बहुमत वडा जितेको कांग्रेसले एमाले संगठबन विभाग प्रमुख खगराज अधिकारीको समेत रहेको यस वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरी चुनाव लडेका थिए ।
विगतका निर्वाचनमा एमालेले कब्जा जमाउदै आएको यस वडामा यस पटकको स्थानीय तहको निर्वानमा नेपाली कांग्रेस विजयी भएको हो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: